भाद्र १, २०८३ सोमबार August 17, 2026

कांग्रेस विधान मस्यौदालाई भोलिबाट प्रदेशमा लगिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीलाई संघीय संरचना अनुसार अघिबढाउनका लागि विधान संशोधनको प्रस्तावलाई अन्तिम चरणमा पुर्याएको  ।

केन्द्रीयविधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव संकलन गर्नका लागि सातैप्रदेशमा लाने तयारी गरेको छ । समितिले पत्रकार सम्मेलन गरि सार्वजनिक गरे अनुसारअसोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यलेसुझाव संकलन गर्नेछन् ।

इलाम, विराटनगर, जनकपुर, वीरगञ्ज, ललितपुर, धुलिखेल, पोखरा,बाग्लुङ, भैरहवा, घोराही, वीरेन्द्रनगर र धनगढीमा सुझाव संकलनको कार्यक्रम राखिएकोसमिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनलाई जानकारी दिनुभयो ।

सुझाव संकलनमा जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन परतिनिधि, पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभासदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख सहभागी हुनेछन् ।

आएका सुझाव सङ्कलन गरीतिहारअघि नै मस्यौदालाई अन्तिम रूप दिइनेछ । विधान संशोधनको मस्यौदा मङ्सिर ५गतेदेखि ९ गतेसम्म आयोजना हुने महासमिति सदस्यको बैठकमा पेश गरिने जनाइएको छ ।

संयोजक खड्काले समितिअन्तर्गत गठन भएका तीनवटै उपसमितिले प्रारम्भिक प्रतिवेदन पेशगरेको सुनाउनुभयो ।

उपसमितिका मस्यौदालाई एकीकृत गर्न सदस्य दीलेन्द्रप्रसाद बडुको संयोजकत्वमा आनन्दप्रसाद ढुङ्गाना र रमेश लेखक सदस्य रहेको तीन सदस्यीय समिति गठनगरिएको थियो । प्रारम्भिक मस्यौदा सर्वसम्मत रूपमा तयार भएको समितिले जनाएको छ ।

मस्यौदामा छलफलमा रहेका सबै विकल्प उल्लेख गरिएको जनाइएको छ । सातै प्रदेशमा हुनेकार्यक्रममा मस्यौदामाथि दफावार सुझाव लिइनेछ । समितिले पार्टी संरचनालाई  तह माविभाजन गर्ने  प्रस्ताव अघि सारेको छ । वडादेखि केन्द्रसम्म आठ तह रहने छन् ।

विधानअनुसार सभापतिलाइ शक्तिशाली बनाउने प्रस्ताव छ । जसअनुसार ८ पदाधिकारी राख्ने र ति मध्ये दुईजना मात्र निर्वाचित र ६ जना मनोनित गर्ने प्रस्ताव गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त
२०८३ भाद्र १, सोमबार
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
युवतीसँग होटलमा भेटिएका काभ्रेको सई माथी छानबिन सुरू
२०८३ भाद्र १, सोमबार
विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार