असोज २२, २०८३ बिहिबार October 8, 2026

कपिलवस्तुमा आज ४४ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कपिलवस्तुमा शुक्रबार (आज) थप ४४ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या ४७५ पुगेको छ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार यशोधरा गाउँपालिकाका २९ र महाराजगञ्ज गाउँपालिकाका १५ जनामा थप संक्रमण देखिएको हो।

यशोधरा गाउँपालिका वडानम्बर ७ का ८ महिनाका बालदेखि ५२ वर्षका व्यक्तिहरुमा कोरोना पुष्टि भएको हो।

यस्तै महाराजगन्ज नगरपालिका वडानम्बर ९ बर्षका २ र वडानम्बर १० का १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन।

नयाँ संक्रमितहरु सबै क्वारेन्टिनमा बसेका व्यक्तिहरु भएको उनले जानकारी दिएका छन। जिल्लामा कुल संक्रमित ४७५ मध्ये ३२ जना निको भइसकेका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया