असोज २०, २०८३ मंगलबार October 6, 2026

बाँकेमा १२ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपालगञ्ज । बाँकेमा १३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। नरैनापुरका १२ र नेपालगञ्जका एकजनाले कोरोनालाई जितेका हुन्। उनीहरु सबैलाई घर पठाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा राखिएका नरैनापुरका १२ जना र खजुरास्थित क्यान्सर अस्पतालको आइसोसेलन अस्पतालमा रहेका नेपालगञ्ज–८, जोलाहनपुरुवाका एकजना डिस्चार्ज भएको जानकारी दिएका छन।

डेन्टल अस्पतालबाट घर हिडेका नरैनापुरका १२ जनालाई नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, लायन्सका सेम शाक्यले बिदाई गरेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताएका छन।

डेन्टलमा नरैनापुरका २३ जनालाई राखिएको थियो। त्यसमध्येमा १२ जना शुक्रबार घरतर्फ गएका छन्। सबै जनाको दोस्रो पटक कोरोना परीक्षण गरिएकोमा केहीको पोजिटिभ देखिएको थियो। घर पठाइएकाहरुको रिपोर्ट नेगेटिभ आएको थियो।

नरैनापुरका यी संक्रमितलाई नेपालगञ्ज ल्याउनका लागि सुरक्षाकर्मीलाई हम्मे–हम्मे परेको थियो। स्थानीयले अवरोध गरेका थिए भने संक्रमितहरु आउन मानेका थिए। सुरक्षाकर्मीले जबरजस्ती ल्याइएका उनीहरु शुक्रबार मुस्कुराउदै घरतर्फ लागेका छन्।

बाँकेमा २ सय ५५ जना संक्रमित भएकोमा ४२ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन्। कोरोना परीक्षणको दायरा बढाउदै जादा नयाँ नयाँ संक्रमित थपिदै गएका छन्। शुरुवाती चरणका संक्रमितहरु निको भएर घरतर्फ जाने क्रम पनि बढेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार