श्रावण १२, २०८१ शनिबार July 27, 2024

आईफोन १५ सिरिज सार्वजनिक, कति पर्छ मुल्य ?

आईफोन १५ का सिरिजहरु सेप्टेम्बर २२ देखि उपलब्ध हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एप्पलले मंगलबार राती ‘वन्डरलस्ट’ इभेन्टमा आईफोन १५ सिरिज तथा एप्पल वाच सिरिज ९ लन्च गरेको छ। यसका साथै एप्पले इभेन्टमा एप्पल वाच अल्ट्रा २ पनि लन्च गरेको छ।

कम्पनीले पहिलो पटक चार्जिङ्गको लागि टाइप सी पोर्ट उपलब्ध गराएको छ। अहिलेसम्म एप्पलले आइफोनमा लाइटनिङ्ग पोर्ट मात्र उपलब्ध गराएको थियो। एप्पलले आईफोन १५ मा ४८ मेगापिक्सलको मेन क्यामरा दिएको छ।

आईफोन १५ र १५ प्लसमा ए १६ बायोनिक चिप जडान गरिएको छ। त्यस्तै, आईफोन १५ प्रो र प्रो म्याक्समा ए १७ बायोनिक चिप उपलब्ध गराएको छ।

नयाँ आइफोन १५ सेप्टेम्बर अर्थात शुक्रबारदेखि एप्पलको आधिकारिक वेबसाइट र विभिन्न अनलाइन स्टोरबाट प्रि–अर्डर गर्न सकिनेछ। त्यस्तै, आईफोन १५ का सिरिजहरु सेप्टेम्बर २२ देखि उपलब्ध हुने एप्पलले जनाएको छ।

एप्पलले १२८ जीबी भेरियन्टका आईफोन १५ को सुरुवाती मूल्य ७९९ डलर तोकेको छ भने १२८ जीबी स्टोरेज भएको आईफोन १५ प्लसको सुरुवाती मूल्य ८९९ डलर तोकेको छ। त्यस्तै २५६ जीबी इन्टर्नल स्टोरेज भएको आईफोन १५ प्रोको सुरुवाती मूल्य ९९९ डलर र २५६ जीबी स्टोरेज भएको आईफोन १५ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर निर्धारण गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार