असोज २०, २०८३ मंगलबार October 6, 2026

थप २७८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २९१२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण थप एक जनाको मृत्यु भएको छ भने दुई सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीयको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जेठ ७ गते भारतबाट आएका उनी विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी टेस्ट गरेर घर गएका थिए । घर गएकै राति उनको निधन भएको थियो ।

सुर्खेतमा पीसीआर विधिबाट गरिएको परीक्षणले उनमा कोरोना संक्रमण देखाएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ९१ जना दैलेखका छन् । थपिएका संक्रमितमध्ये ६४ जना महाबु गाउँपालिका र २७ जनामा दुल्लु नगरपालिकाको क्वारेन्टिनमा छन् ।

यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकामा तीन जना र जाजरकोटको भेरी नगरपालिका–१० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लामा कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक÷एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमा दुई संक्रमित थपिएका छन् । पञ्चपुरी गाउँपालिका–१ का १८ वर्षीय र सिम्टाका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कपिलवस्तुमा ४४ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरू सबै यशोधराका हुन् । संक्रमित हुनेमा ८ महिने बालक समेत छन् । रुपन्देही, सैनामैनाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक ४८ महिला हुन् भने ११ जना १८ देखि ५० वर्षका पुरुष हुन् ।

नवलपरासीका २१ र ३२ वर्षीय पुरुष, अर्घाखाँची सितागंगाका ३६ वर्षीय पुरुष र पाल्पाका ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

ह्याम्सका दुई बिरामीमा संक्रमण

काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत दुई बिरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मी चन्द्रकोटका ७६ वर्षीय पुरुष र कास्कीका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, रामेछापमा १७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू १७ देखि ४९ वर्षका छन् । यस्तै, काभ्रेमा ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये तीन जना रोशी गाउँपालिकाका हुन् भने पनौती नगरपालिकामा एक र पाँचखाल नगरपालिकामा एक जना छन् ।

सिन्धुलीको तीनपाटन र कमलामाईका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीका २१ जनामा संक्रमण पुष्टि भएको छ । झापामा १२ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये १० जना कचनकवल गाउँपालिकाका १० देखि २८ वर्षका पुरुष हुन् भने गौरादहका २० वर्षीय र गौरीगञ्जका ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, मोरङ रतुवामाईका ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू १५ देखि ३० वर्षका छन् । भोजपुरमा पाँच जना संक्रमित थपिएका छन् । षडानन्द गाउँपालिकाका उनीहरू १७ देखि ३२ वर्षका छन् ।

महोत्तरी जलेश्वरमा १७ जना संक्रमित भेटिएका छन् । उनीहरू १४ देखि ४५ वर्षका छन् ।

रौतहटको गुजरा क्वारेन्टिनमा रहेका ६ जनामा पनि संक्रमण पुष्टि भएको छ । धनुषा देवपुराका ४ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरू २० र २१ वर्षका छन् । बारा बारागढी गाउँपालिकाका २६ र २७ वर्षीय पुरुष र विश्रामपुरका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तनहुँ रिसिङका ३९ र ४० वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । डडेलधुरा गन्यापधुराका ५ जना, कैलालीको धनगढीका ४ जना, अछाम साँफेबगरका २९ वर्षीय र बझाङ देउलेखका २६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार