असोज २०, २०८३ मंगलबार October 6, 2026

शनिबार बिहानै १७ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपालमा शनिबार बिहानै १७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्की, स्याङ्जा, बागलुङ्ग र पूवी नवलपरासीमा नयाँ १७ जना कोरोना संक्रमित थपिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । स्याङ्जाकै हरिनास गाउँपालिका १८, र ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै, वागलुङ्क ताराखोला गाउँपालिकाका ३९ वर्षीय पूरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पूरुष, तथा पोखरा महानगरपालिकाका ५९ वर्षीय पूरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा पूवी नवलपरासीको बिनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय पूरुषमा कोरोना देखिएको छ ।

नयाँ संक्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार