असोज २०, २०८३ मंगलबार October 6, 2026

लिपस्टिक लगाउने समयमा जान्नैपर्ने मुख्य कुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः ओंठको सौन्दर्यका लागि लिपस्टिक प्रयोग गरिन्छ । यो युवतीहरुको अनिवार्य सौन्दर्य प्रसाधन हो । अन्य मेकअप नगर्ने युवतीहरु समेत लिपस्टिक चाहि प्रयोग गर्न रुचाउँछन् । तर, लिपस्टिक कसरी प्रयोग गर्ने ? यसको सहि विधी जान्न सके थप आकर्षक देखिन्छ ।

स्क्रब गरौं

लिपस्टिक लगाउनुअघि आफ्नो ओंठलाई हल्का स्क्रब गरौ, ताकि ओंठको मृत कोशिकााबट छुटकारा मिल्न सकोस् । यसले लिपस्टिक ओंठमा राम्ररी लाग्छ र ओंठको प्राकृतिक रंगसँग मिल्छ पनि ।

लिप बामको अधिक प्रयोग नगरौ

ओंठको मोश्चराइज गर्नु ठीक हो । तर लिप बामको धेरै प्रयोग ठीक हुन्न । यसले लिपस्टिकलाई तपाईको ओंठमा लामो समय टिक्न दिदैन । बरु, ओंठमा लिप बामलाई हल्कासँग मात्र लगाउने र त्यसको दश मिनेटपछि लिपस्टिक लगाउने ।

ओंठलाई तयार गरौ

कतिपयको ओंठ पिग्मेन्टेड हुन्छ । र, लिपस्टिकको सहि शेड ओंठमा देखिदैन । त्यसैले ओंठमा प्राइमरको प्रयोग गर्नु उचित हुन्छ । प्राइमर लिपस्टिकलाई लामो समयसम्म टिकाउँछ । साथै फैलनबाट पनि बचाउँछ ।

लिप लाइनरको प्रयोग

हामी जान्दछौ कि, लिप लाइनरको काम हो लिपस्टिकलाई ओंठको भित्र बनाउने । तर, यसलाई ओंठमा लगाउँदा लिपस्टिक लामो समयसम्म टिक्छ ।

पाउडरको प्रयोग

के तपाईको लिपस्टिक अक्सर बग्छ ? त्यसो हो भने यसलाई सहि ढंगले सेट गर्नुपर्छ । त्यसका लागि ओंठमा पारदर्शी वा लुज पाउडर लगाउनु पर्छ । र, त्यसपछि पुन एक पत्र लिपस्टिक लगाउनुहोस् ।

दाँतमा लिपस्टिक लाग्नबाट कसरी बच्ने

दाँतमा लिपस्टिक लाग्नु हुँदैन । त्यसका लागि एउटा राम्रो काइदा छ । लिपस्टिक लगाइसकेपछि एक औंलालाई मुखभित्र राखेर ओंठ खोल्ने र बन्द गर्ने । ओंठमा लगाएको अतिरिक्त लिपस्टिक औंलामा आउँछ ।

ब्रसले लगाउने

स्टिकलले लिपस्टिक लगाउँदा संभवत यो ओंठको किनार र क्रीजलाई कभर गर्दैन । त्यसैले लिप ब्रसको प्रयोग सहि हुन्छ । यसले ओंठ सुन्दर देखाउँछ । ब्रसको मद्दतले किनारमा पातलो लिपस्टिक लगाउन सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार