असोज २०, २०८३ मंगलबार October 6, 2026

सरकारले अलमल गर्दा जनस्तरबाटै लकडाउन खुकुलो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

२५ जेठ, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ (नोबल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर (आज) आइतबार मन्त्रिपरिषदमा पठाउँदैछ । लकडाउनको मोडालिटीलाई अन्तिम रुप दिन आजै साँझसम्म मन्त्रिपरिषद बैठक बस्न सक्ने उच्च स्रोतले जनायो ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तय गर्ने जिम्मेवारी दिएको थियो । क्याबिनेटले निर्देशन दिएको ८ दिनपछि बल्ल उच्चस्तरीय समितिले लकडाउनलाई चरणवद्धरुपमा खुकुलो बनाउने मोडालिटीलाई अन्तिम रुप दिन लागेको हो ।

यसवीचमा जेठ २२ गते पनि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । तर, सो बैठकमा उच्चस्तरीय समितिले लकडाउनको मोडल प्रस्तुत गर्न सकेन ।

सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकिरहेकै बेला काठमाडौं लगायत विभिन्न सहरमा जनस्तरबाटै लकडाउनलाई खुकुलो बनाउने क्रम सुरु भइसकेको छ । आइतबार पनि काठमाडौंमा लगायतका सहरमा अधिकांश पसलहरु खुलेका छन् । सडकमा सवारी साधन बाक्लिएका छन् ।

सरकारी अलमल

यसवीचमा उच्च स्तरीय समितिले जेठ २५ बाटै लकडाउन खुकुलो पार्ने, सयभन्दा कम कोरोना संक्रमित रहेका जिल्लामा आन्तरिक सवारी साधन चलाउने, असार १ देखि आन्तरिक हवाइ उडान सञ्चालन गर्ने र लामो दुरीका यातायात चलाउने लगायतको प्रस्ताव तयार पारेको थियो । असार १७ गतेदेखि शैक्षिक संस्थाहरु खोल्ने उच्चस्तरीय समितिले प्रस्ताव तयार पारेको थियो । तर, आज असार २५ गते भइसक्दा पनि यो प्रस्ताव कार्यान्वयनमा आउन सकेन । उपप्रधानमन्त्रीले तयार पारेको प्रस्तावमा नेपाली सेनाले असहमति जनाउँदा ढीलो भएको स्रोत बताउँछ ।

उच्चस्तरीय समितिकै सचिवालयका रुपमा काम गर्ने गरी नेपाली सेनाको ब्यारेकमा खोलिएको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) एमसीले पनि बेग्लै मोडालिटी तय गरेर उच्च स्तरीय समितिमा प्रस्तुत गरेको छ । यसले गर्दा ईश्वर पोखरेलको प्रस्ताव एकातिर, सीसीएमसी अर्कोतिर हुन पुगेको छ । मन्त्रालयको काममा सेना हावी भएको भन्दै सरकारमै रहेमा कतिपय मन्त्रीहरु असन्तुष्ट देखिएका छन् ।

तर, अब उपप्रधानमन्त्री पोखरेलको समिति र सीसीएमसीले तयार पारेका दुबै प्रस्तावलाई आपसमा मर्ज गरेर अन्तिम प्रस्ताव तयार पार्ने गृहकार्य उच्चस्तरीय समितिले थालेको छ । स्रोतले अनलाइनखबरसँग भन्यो, ‘दुवै प्रस्तावलाई मर्ज गरिँदैछ, सीसीएमसीले हप्ताका आधारमा मोडालिटी बनाएको थियो, त्यसलाई अब ‘चरण’ भनिने छ । अब लकडाउन खुकुलो पार्ने मोडालिटी ‘पहिलो हप्ता, दोस्रो हप्ता’ नभनेर ‘पहिलो चरण, दोस्रो चरण’ का आधारमा गरिने छ । एउटा चरण एक हप्ताभन्दा बढी जान सक्छ ।

उच्चस्तरीय समितिले सदस्य रहेका शनिबार मन्त्रीहरुलाई प्रस्तावको मस्यौदा वितरण गरेको छ । सो मस्यौदामा सुझावहरु आएपछि आजै त्यसलाई अन्तिमरुप दिएर मन्त्रिपरिषदमा पठाइने स्रोतले अनलाइनखबरलाई बतायो । अनलाइनखबरबाट साभार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार