भाद्र २९, २०८३ सोमबार September 14, 2026

संघीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक छैन – महामन्त्री थापा

कांग्रेसले २०८४ को चुनावको चिन्ताभन्दा पनि वर्तमान संविधानभित्र चलिरहेको देशभित्र सामाजिक सदभाव ठीक बनाउन लाग्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा उनले भने, ‘सङ्घीयता ठीक ढंगले चलिरहेको छैन भन्ने कुरा ठीक हो। यसमा हामीले सुधार गर्नुपर्ने कुरा धेरै छ। तर यो कसैले बोकाइदिएको भारी हो भन्ने कुरा चाहिँ तथ्यका हिसाबले मिल्दैन।’

नेपालका मूलधारका तत्कालीन राजनीतिक दलहरूमध्ये अधिवेशनबाट निर्णय गरेर एकात्मक राज्य प्रणालीबाट प्रस्थान गरी संघीय लोकतान्त्रिक जनप्रतिनिधिमूलक शासन व्यवस्था कायम गर्ने भनेर निर्णय गर्ने कांग्रेस पहिलो पार्टी भएको उनले स्पष्ट पारे।

‘संसदबाट बनाउनुपर्ने ४० वटाभन्दा बढी महत्त्वपूर्ण कानुन नबनाएर आफैंले आन्दोलनबाट स्थापित प्रणालीलाई असफल हुने बाटोतिर लिएर गएर हामीले कसलाई दोष दिइरहेका छौं?,’ महामन्त्री थापाले प्रश्न गरे।

उनले कांग्रेसले २०८४ को चुनावको चिन्ताभन्दा पनि वर्तमान संविधानभित्र चलिरहेको देशभित्र सामाजिक सदभाव ठीक बनाउन लाग्नुपर्ने धारणा राखे।

‘यो संविधानभित्र चलिरहेको देशभित्र सामाजिक सदभाव कायम गर्ने जिम्मेवारी कांग्रेसबाहेक अरूले लिन पनि सक्दैन र लिँदा पनि लिँदैन। त्यो जिम्मेवारीबाट अलग भएर हाम्रा छलफलहरू हुन सक्दैनन्,’ महामन्त्री थापाले भने।

उनले संघीय सरकारका मन्त्रीहरूलाई सहभागी गराएर खुलेर छलफल गर्न, समस्याहरू समाधान गर्न, सुझावहरू दिन केन्द्रीय समितिको एउटा बैठक आयोजना गर्नुपर्ने धारणा राखे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क ‘मृत्युशैयामा’
२०८३ भाद्र २९, सोमबार
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान
२०८३ भाद्र २९, सोमबार
राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर (सूची हेर्नुहोस्)
२०८३ भाद्र २९, सोमबार
मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
२०८३ भाद्र २९, सोमबार
कांग्रेसको आन्तरिक द्वन्द्व स्थानीय तहसम्मै
२०८३ भाद्र २९, सोमबार
आँसु थाम्दै बगरमा खोजतलास
२०८३ भाद्र २९, सोमबार
बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री थापा
२०८३ भाद्र २८, आइतबार