असोज २०, २०८३ मंगलबार October 6, 2026

सुत्केरी महिलामा कोरोना पुष्टि भएपछि मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेनटाइनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर । मध्यपुर अस्पतालबाट डिस्चार्ज भएकी सुत्केरी महिलामा कोरोना पोजेटिभ भएपछि अस्पतालका ३० स्वास्थ्यकर्मीलाई क्वारेनटाइनमा राखिएको छ ।

अस्पतालका ६ जना चिकित्सक, १२ नर्सिङ स्टाफ, ११ हेल्पर र एक जना ल्याब स्टाफलाई क्वारेनटाइनमा राखेको अस्पतालकी मेडिकल डाइरेक्टर डा. रबिना प्रधानाङ्गले बताएका छन।अस्पतालको प्रसूति कक्ष र फार्मेसीमा समेत सिल गरिएको छ ।

अस्पतालले कोरोना सङ्क्रमण न्यूनीकरणका लागि नियमित निर्मलीकरण गर्ने गरेकोले ओपिडी सेवा, इमर्जेन्सी सेवा तथा आइसियु सेवा सुचारु गरेको डा. प्रधानाङ्गको भनाई छ ।

उनीहरूको कोरोना परीक्षणको लागि आज स्वाब सङ्कलन गरिने अस्पताल प्रशासनले जनाएको छ । तर, अस्पताल सिल गरिएको छैन । अस्पतालका सेवाहरू नियमित हुने अस्पतालले विज्ञप्ति जारी गरी जनाएको छ ।

महिलाको अस्पतालमा एसएलसी विधिबाट अपरेसन गरी सुत्केरी गराइएको थियो ।

स्वाब परीक्षणको नतिजा आएपछि मात्रै गाईनेवार्ड सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।

त्यस्तै अपरेसन कक्षलाई निर्मलीकरण गरी सञ्चालनमा ल्याउने तयारी अस्पतालको छ । अस्पतालको गाईनेवार्ड बाहेक अन्य सेवा भने सुचारु नै रहेको छ ।
त्यस्तै गरी कोरोना सङ्क्रमण पुष्टि भएकी महिला बस्ने कमल विनायक चोफल क्षेत्रमा प्रहरीले सिल गरेको छ ।

स्वास्थ्य मन्त्रालयले शनिवार सङ्क्रमण पुष्टि गरेकी भक्तपुरकी ३० वर्षीया महिलाको कोरोना परीक्षणको रिपोर्ट नआउँदै सिजरिङ डेलिभरी भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज ९केएमसी० शिक्षण अस्पतालमा उनले कोरोना परीक्षण गराएकी थिइन् । कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार केएमसीमा स्वाब दिएपछि रिपोर्ट नआउँदै जेठ २१ गते मध्यपुर अस्पतालमा उनको सिजरिङ डेलिभरी गरिएको थियो ।

डेलिभरी गरेपछि शनिवार मात्रै डिस्चार्ज भएर सङ्क्रमण पुष्टि गरिएकी महिला काठमाडौँको कोटेश्वरस्थित माइती गएकी थिइन् । सुत्केरीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उनको अप्रेसनमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मीलाई क्वारेनटाइनमा राखिएको हो ।

सुत्केरी भएर कोटेश्वर पुग्नुअघि भने उनी र उनका श्रीमान् भक्तपुर नगरपालिका–९ कमलविनायकस्थित एक घरमा डेरा बसेका थिए । उनको परिवारले उक्त घरको कोठा भने नछाडेको स्थानीयको भनाई छ ।

सुत्केरी महिला भएकाले उनलाई पाटन अस्पतालको आइसोलेसनमा लगिएको बताइएको छ ।

भक्तपुर जिल्लामा यी सुत्केरी महिला छैटौँ सङ्क्रमित हुन् । उनीअघि पनि चाँगुनारायण नपा–३ झौखेलकी एक गर्भवती महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार