असोज २०, २०८३ मंगलबार October 6, 2026

आज १०२ जना डिस्चार्ज, निको हुनेको संख्या ४६७ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

२५ जेठ,काठमाडौं । देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत १०२ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। २ महिला र एक सय जना पुरुषहरु डिस्चार्ज भएका छन्।

धरानबाट १२ जना व्यक्तिहरु डिस्चार्ज भएका छन्। सबै झापा ठेगाना भएका उनीहरु १०औँं दिनमा डिस्चार्ज भएका हुन्।

कलैया अस्पताल बाराबाट ३४ जना डिस्चार्ज भएका छन्। युनिफाइड कोभिड अस्पताल बलम्बु काठमाडौंबाट महोत्तरीका एक जना र गौर नर्सिङ होमबाट अस्पताल रौतहटबाट १८ जना डिस्चार्ज भएका छन्। सबै रौतहटका उनीहरु १८ देखि २० दिनमा संक्रमणमुक्त भएर घर फर्किएका छन्।

बुटवलबाट कपिलबस्तु र रुपन्देहीका २७ जना डिस्चार्ज भएका छन्। उनीहरु १३देखि २७ दिनको अवधिमा संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन्।

दाङ कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना बाँके, बर्दिया, दाङ र कपिलबस्तुबाट संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

यसरी हालसम्म प्रदेश १मा ९१, प्रदेश २मा १८६, बागमती प्रदेशमा ३२ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन्। त्यसैगरी, प्रदेश ५ मा १३३ र कर्णाली प्रदेशमा ९ मा सुदुरपश्चिम प्रदेशमा १३ जनाले कोरोना संक्रमण जितेका छन्।
जसमा हालसम्म ३९९ पुरुष र ६८ महिला गरी ४६७ जनाले कोरोना संक्रमण जितेका छन्।

आइतबार नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका २१३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। जसमा ३ हजार २ सय १२ पुरुष र २ सय ३६ जना महिला छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार