असोज २०, २०८३ मंगलबार October 6, 2026

नेपालमा हालसम्म ९६२०५ जनाको पिसिआर परीक्षण : स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

२५ जेठ,काठमाडौं । कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ७ सय २८ जनाको पिसिआरबाट नमुना परीक्षण भएको छ।

नेपालमा हालसम्म २ लाख ४१ हजार २ सय ५४ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९६ हजार २ सय ५ जनाको पिसिआर र १ लाख ४५ हजार ४९ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए।

आईतबार २ सय १३ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ। आईतबार रोल्पामा संक्रमित भेटिएसँगै संक्रमित जिल्लाको संख्या ७१ पुगेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २ सय ५९, प्रदेश २ मा १ हजार १ सय ६१, बागमतिमा ९२, गण्डकीमा १ सय ११, प्रदेश ५ मा १ हजार १ सय ८१, कर्णालीमा ६ सय ३३ र सुदूरपश्चिममा १ सय ११ जना संक्रमित छन्।

हालसम्म ४ सय ६७ जना उपचारपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये १ सय २ जना आईतबार डिस्जार्च भएका हुन्। प्रदेश १ मा ९१, प्रदेश २ मा १ सय ८६, बागमतिमा ३२, गण्डकीमा ३, प्रदेश ५ मा १ सय ३३, कर्णालीमा ९ र सुदूरपश्चिममा १३ जना डिस्जार्च भएका हुन्।

यस्तै, प्रदेश १ मा १ सय ६८, प्रदेश २ मा ९ सय ७४, बागमतिमा ५७, गण्डकीमा १ सय ८, प्रदेश ५ मा ९ सय ४४, कर्णालीमा ६ सय २१ र सुदूरपश्चिममा ९६ जना गरी मुलुकभर २ हजार ९ सय ६८ जना अस्पतालको आईसोलेसनमा छन्।

मुलुकभर हाल १ हजार ७० हजार ७ सय ३२ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार