श्रावण १९, २०८३ मंगलबार August 4, 2026

आज एकैसाथ दुई चलचित्र ‘परदेशी–२’ र ‘कौसिद’ रिलिज हुँदै

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ र कुमार भाष्करको निर्देशनमा चलचित्र ‘कौसिद’ रिलिज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यो वर्षको दसैं नजिकिँएसँगै चाडबाडको समय पारेर चलचित्र प्रदर्शन गर्नेहरूको पनि होडबाजी सुरु भएको छ । यसैक्रममा दसैंलाई लक्षित गरेर शुक्रबार २६ असोजबाट दुईवटा नेपाली चलचित्र एकसाथ मुलुकका सिनेमा हलमा रिलिज हुने भएका छन् ।

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ र कुमार भाष्करको निर्देशनमा चलचित्र ‘कौसिद’ रिलिज हुने भएका हुन् ।

अघिल्लो दसैंमै रिलिज हुने भनिएको चलचित्र परदेशी–२ त्यति बेला नेपालमा कोभिडका कारण सिनेमा हल राम्ररी नखुलेपछि रोकिएको थियो । सिनेमा दसैं चाडपर्वको प्रसंगमा केन्द्रित भएकाले एक वर्ष कुरेर यो दसैंका अवसरमा रिलिज गर्न लागिएको यसका निर्देशक नारायण रायमाझीले बताएका छन् ।

‘खाडी मुलुकमा गएर रोजगारी गर्दैै आएका निम्नवर्गीय नेपालीको संघर्षको कथामा यसअघि चलचित्र परदेशी बनाएको थिएँ भने परदेशी–२ मा अध्ययनका लागि विदेश गएर उतै हराएका नेपाली युवाको कथालाई समेटेको छु । यो चलचित्र एक वर्षअघि नै तयार गरिएको भए पनि दसैंको कथा भएका कारण अहिले दसैंको अवसर पारेर रिलिज गर्न लागिएको हो,’ रायमाझीले राजधानीसँग भने ।

आफ्नो सिनेमा नेपालसँगै अन्य विभिन्न देशमा पनि एकसाथ रिलिज हुन लागेको रायमाझीले बताए । उनका अनुसार यो चलचित्र मुलुकका करिब सयवटा हलबाट रिलिज हुने भएको छ । सिनेमाका गीतहरू दर्शकले रुचाएको निर्देशक रायमाझीको दाबी छ ।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्र परदेशी–२ मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ र दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बाँस्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको कथा पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको ‘परदेशी–२’ तेस्रो चलचित्र हो ।

यस्तै, यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र कौसिदमा बैंकबाट लिएको ऋण चर्को ब्याजका कारण तीर्न नसकेर आत्मदाह गरेका नेपालीको पीडादायी कथा रहेको निर्माण पक्षले जनाएको छ । रिलिजअघि बिहीबार यो चलचित्रमा समावेश गीत सपनाको घरको भिडियो सार्वजनिक गरिएको छ ।

कुमार भाष्करको निर्देशनमा बनेको चलचित्रमा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी पनि मुख्य अभिनयमा छन् । सिनेमा मुलुकका चार दर्जन सिनेमा हलमा आउने भएको छ ।

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सहनिर्माता लक्ष्मण बानियाँ हुन् । चलचित्र कौसिदको कथा लेखन कार्य नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा भीम विश्वकर्माको सम्पादन छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार