असार १२, २०८३ शुक्रबार June 26, 2026

पोखरामा बालिका हत्या गर्नेलाई प्रहरीले गर्यो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, मुलुक बलत्कारका घटनाको विरोधमा यति धेरै आन्दोलित भैरहेका बेला फेरि अर्को बलत्कारको घटना सार्वजनिक भएको छ ।

बालिका बलत्कार गरेर हत्या गर्ने जस्तो जघन्य अपराधमा कमि नआउनुले नेपाली समाज कता गैरहेको छ भन्ने आँकलन गर्न समेत मुश्किल
थालेको छ ।

कञ्चनपुरको घटना सेलाउन नपाउँदै पोखराको पुम्दीभुम्दी कोदीकी १०वर्षीया बालिका श्रेया विकको बलत्कारपछि हत्या गरिएको छ । प्रहरीले हत्याको अभियोगमा एकजनालाई पक्राउ छ ।

पक्राउमा परेका व्यक्ति मृतक विकको घर नजिककैको छिमेकीभएको प्रहरलिे जनाएको छ । पक्राउ परेका व्यक्तिले आफुले बलत्कारपछि हत्या गरेकोस्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले बलत्कार गरेर छाड्न खोज्दा कराएपछि घाँटी थिचेको र बेहोस भएपछि ढ्ंगाले थिचेर फालेको बनायन दिएका थिए । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्र गुरुङले उनले अपराध स्वीकार गरेकाले सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

सोमबार साँझ ६ बजे नजिकको पसलमा बिस्कुट खरिद गर्न निस्केकी ती बालिका घर नफर्केपछि मंगलबार बिहान आफन्तले खोजी गर्दा घरनजिकको खोल्सा छेउको झाडीमा घोप्टो परेको मृतावस्थामा भेटिएको थियो ।

बाबुले दोस्रो विवाह गरेपछि मामाघरमा बस्दै आएकी उनी स्थानीय आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् । उनको हत्यारालाई कडा कारबाहीको माग गर्दै पोखरामा आन्दोलन समेत भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार