श्रावण १२, २०८१ शनिबार July 27, 2024

प्राविधि शिक्षाको महत्व गाउँसम्म पुगिसक्यो–रमेश कुँवर थापा,प्रिन्सिपल ,सिंह टेक्निकल कलेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रमेश कुँवर थापा,सिंह टेक्निकल कलेजका सामाखुशीका प्रिन्सिपल हुनहुन्छ । विगत लामो समयदेखि सञ्चालित सिंह कलेजको नेतृत्व सम्हाल्दै आउनु भएका थापाको नेतृत्वमा कलेजले विगतका वर्षहरुदेखि उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ । थापाको लगनशीलता र मेहनेतसँगै कर्मचारीहरुको योगदानका कारण आजका दिनसम्म आइपुग्दा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको रोजाईको कलेज बन्न पुगेको छ । पछिल्लो समय राजधानीमा प्राविधिक शिक्षा प्रदान गर्ने उदेश्यले सिटीईभिटीबाट मान्यताप्राप्त धेरै कलेजहरु खुलेका छन्
कतिपय आफुलाई व्यापारिक रुपमा स्थापित गर्ने प्रयास गरिरहेका छन् भने कतिपयले सेवामुलक रुपमा स्थापित गर्ने प्रयास गरिरहेका छन् । ति मध्येमा एउटा उत्कृष्ट रुपमा स्थापित कलेजका प्रिन्सिपल थापाले पछिल्लो समय सिग्मा कलेजलाई रोजगारी मुलक शिक्षाका रुपमा विकास गराउनका लागि आफु सक्रिय रहेको बताउनुभयो । सामुदायिक शिक्षालयमा भन्दा प्राईभेट कलेजहरुमा अध्ययन गर्दा केही मंहगो भएपनि त्यसबाट पाईने सेवा सुविधा भने उलेख्य हुने उहाको धारणा रहेको छ । सिंह कलेज प्राविधिक विषय अध्ययन गर्नेहरुका लागि उत्कृष्ट कलेजको रुपमा रहेको भन्दै सिग्मा कलेज अध्ययन गर्ने विद्यार्थी भाईबैनीहरुले बेरोजगार बस्नु नपर्ने दावी समेत गर्नुभयो । उहाले सरकारले र सिटीईभिटीले सामुदायिक तथा निजीबाट सञ्चालित प्राविधिक कलेजहरुलाई एउटै सन्तानको रुपमा हेरेको खण्डमा मात्रै प्राविधिक शिक्षाले फड्को मार्न सक्ने भन्दै यसप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने सुझाव पनि दिनुभयो । उहासँग गरिएको कुराकानीका सम्पादित अंशहरु

प्राविधिक विषयमा विद्यार्थीहरुको चासो बढ्दै गएको हो ?
–पछिल्लो समय साधारण शिक्षाबाट उत्पादित जनशक्तिहरु बेरोजगार बन्दै गएको कुरा हामीले स्पष्ट रुपमा देख्दै र भोग्दै आएका छौं । साधारण शिक्षा पढ्नेहरु बेरोजगार हुँदै विदेशिनुपर्ने बाध्यता पनि हामीले भोगेकै कुरा हो । यो क्रम जसरी बढेको छ, त्यसबाट हामीले स्पष्ट के हुनुपर्दछ भने साधारण शिक्षाबाट अब रोजगारी प्राप्त हुँदैन र भएपनि थोरैले त्यो पनि अत्यन्त प्रतिस्पर्धा गरेर मात्रै सकिन्छ भन्ने कुरा यथार्थ रुपमा हामी सबैका सामु स्पष्टै रहेको छ । जसलाई धेरै मानिसहरुले बुझे र अब प्राविधिक शिक्षा पढ्नु पर्दछ भनेर धारणाको विकास हुँदे आएको मैले पाएको छु । दोस्रो कुरा सम्माननीय प्रधानमन्त्रीज्युले पनि अब प्राविधिक शिक्षा पढ्नु पर्दछ र प्राविधिक शिक्षाको विकल्प छैन भनेर भन्नुभएको छ । उहाले ७० प्रतिशत प्राविधिक शिक्षाको कोर्ष ल्याउनुपर्दछ र ३० प्रतिशत साधारण शिक्षाको कोर्ष ल्याउनु पर्दछ भनेर भन्नुभएको छ । त्यो कुरा गाउँगाउँसम्म पुगेको छ,जसका कारण हाल आएर प्राविधिक शिक्षामा अध्ययन गर्ने भाईबिहिनीहरुको ओइरो लागेको छ र कलेजहरुमा विशेष चाप बढेको छ ।
विद्यार्थीहरुले कस्तो विषयमा बढी चासो दिने गरेका छन् ?
–अहिले हेर्दा खेरी विद्यार्थीहरुले सबैभन्दा पहिला रोजगार मुलक शिक्षा वा विषय कुन हुन्छ भनेर हेर्ने गरेको मैलै पाएको छु । कुन विषय पढ्दा लोकसेवा आयोग बढि खुल्छ । मुलुकलाई कुन जनशक्ति आवश्यक छ र जागिर पाईन्छ भन्ने कुरामा विद्यार्थीको चासो बढ्ने गरेको छ । त्यसका लागि अघिल्ला वर्षहरुमा अध्ययन गर्ने उनीहरुका दाजु,दिदी तथा आफन्तहरुले कस्तो प्रकारको सल्लाह सुझाव दिएका छन् त्यसले प्रभाव पारेको देख्छौं । अर्को कुरा अभिभावक पनि सचेत भैसक्नु भएकाले पहिला नै निर्णय गरेर आएको देखिन्छ । ति मध्ये बढी विद्यार्थीहरुले इन्जिनियरिङ,मेडिकल,कृषि भेटनरी,जस्ता विषय बढि छनोट गरेका छन् ।

विद्यार्थीहरुको चापसँगै प्राविधिक कलेजहरुले आफुलाई नाफामुखी रुपमा लान खोजिरहेका छन् भन्ने आरोप पनि छ नि ?
– यो हाम्रो हेर्ने दृष्टिकोणमा भर पर्दछ । यसलाई समाजले, राज्यले,विद्यार्थी तथा अभिभावकले कसरी हेर्नुहुन्छ भन्ने कुरा आउँछ । निजी संस्थाहरु भनेको त लुटनुनका लागि खोलिएका हुन भन्ने भ्रम छ । यसलाई सबैले दिमागबाट हटाउनु प¥यो । यो सबै गलत कुरा हो भन्ने मेरो बुझाई रहेको छ । निजी प्राविधिक शिक्षालयहरुले जुन जनशक्ति व्यवस्थापन गरेर विद्यार्थीका लागि गुणस्तरीय शिक्षा दिनका लागि बिहानदेखि रातिसम्म समेत बसेर काम गरिरहनु भएको छ,त्यसका लागि पनि केही मंहगो पर्ने हुन्छ । गुणस्तरमा कुनै पनि सम्झौता गरिएको छैन । सिटीईभिटी र नेपाल सरकारले तोकेका मापदण्डमा कुनै पनि सम्झौता नगरीकन आवश्यक सामाग्रीहरु व्यवस्थापन गर्नुपर्ने हुन्छ । राम्रो र अनुभवी शिक्षकहरुको व्यवस्थापन गरिएको छ । जसका कारण सामुदायिक कलेजहरुमा भन्दा केही मंहगो भएको हो । यसलाई लिएर नाफामुखी छ भन्नु गलत कुरा हो । तपाईम विदेशमा हेर्नुभयो भने सरकारी भन्दा निजी संस्थाहरुले सेवा बढि दिएका छन् । सरकारले पनि उनीहरुलाई त्यसत्े वातावरण तयार गरिदिएको छ । तपाई पाँच तारे होटलमा गएर खाजा खानुभयो भने पाँच सय पर्दछ भने सानो होटमा खाए ७० रुपयाँमा पनि पाईन्छ । त्यसको अर्थ र सुविधा र गुणस्तीयता कुरा हो । जति सेवा सुविधा प्राप्त हुन्छ,त्यसमा केही मंहगो त भैहाल्छ नि ।

पछिल्लो समय जति प्राविधिक विद्यार्थी उत्पादन भएका छन् उनीहरुलाई राज्यले थेग्न सक्छ, फेरि यहाँ पनि बेरोजगारको भीड लाग्ने त होइन ?
–यो अत्यन्त महत्वपुर्ण कुरा हो । प्राविधिक शिक्षा त पढ्ने,तर रोजगार नपाएर फेरि विदेश जाने लस्कर लाग्यो भने के होला मुलुकको अवस्था भन्ने गम्भीर कुरा हो । प्राविधिक शिक्षा भनेको विश्व बजारमा नै खपत हुने जनशक्ति हो,तर सकेसम्म पहिला स्वदेशमा कस्तो जनशक्ति आवश्यक छ त्यहि अनुसारको जनशक्ति उत्पादन गर्नुपर्दछ । ता कि हाम्रोमा उत्पादन गरिएका विद्यार्थीलाई हामीले नै रोजगारी दिन सकौं । जस्तो सिंह टेक्निकल कलेजले हरेक वर्ष हाम्रो सम्र्पकमा आएकाहरुलाई धेरै भन्दा धेरै रोजगारीको व्यवस्था गरेका छौं । हाम्रो सम्र्पकमा भएका गैरसरकारी संस्थाहरुले आफुहरुलाई आवश्यक परेको जनशक्ति हामीसँग माग गरिरहेको अवस्था छ । त्यसैको आधारमा जागिरको व्यवस्था गरेका छौं र र्को कुरा हामीले ठुला इन्जिनियरिङ कम्पनीहरुसँग सम्झौता नै गरेर रोजगारीको व्यवस्था गर्दै आएका छौ । हाम्रो उदेश्य भनेको हामीले उत्पादन गरेको जनशक्ति हाम्रो देशमा खपत होस भन्ने हो ।

यसका लागि राज्यका तर्फबाट तपाहरुलाई कुनै सहयोगको आवश्यकता छ,राज्यले कसरी हेरेको छ ?

–राज्यले कुन दृष्टिकोणले हेरिररहेको भन्दा पनि समाजले नै कमाउनका लागि खोलिएको भन्ने दृष्टिकोण पालेको छ । राज्यले त्यहि आधारमा हेरेको त छैन तर राज्यले हामीलाई खुलेर सहयोग गर्ने वातावरण बनेको छैन । हाम्रो नियामक निकाय सिटीभिटीले पनि विशेष गरेर आफु मातहतका सामुदायिक क्याम्पसहरु तथा सरकारी विद्यालयलाई बढि महत्व दिँदै आएको छ । । हाम्रो कुरा के हो भने सिटीभिटीबाट जन्मिएका संस्थाहरु जस्तो नेपाल सरकार मातहतका हुन वा प्राईभेट मार्फत सञ्चालित हुन,सबैलाई एउटै आमाको पेटबाट जन्मिएका सन्तानको रुपमा कुनै भेदभाव नगरियोस भन्ने सुझाव दिन चाहान्छु । अहिलेसम्म त्यस्तो देखिएको छैन र भोलिका दिनमा पनि नहोस भन्ने मेरो सुझाव छ ।
सरकारले गर्नैपर्ने केही छ ?
–सिटीभीटबाट सम्वद्धन लिएर कलेज सञ्चालन गरेका छौं । सिटिभीटीले जसरी आंगिक क्याम्पसहरुलाई तथा टिसिएस कलेजहरुलाई सहयोग गरिरहेको छ । त्यसरी नै हामी प्राईभेट कलेजहरुलाई पनि माया मता गर्नुप¥यो र सिटिईभिटीबाट सञ्चालित कलेजहरु सबैलाई एउटै छातामुनी राखेर सेटलमेन्ट गर्नुप¥यो भन्ने मेरो सुझाव रहेको छ । राज्यले प्राविधिक शिक्षालाई राम्रो दृष्टिकोणले नहरेसम्म यसले कोल्टे फेर्न सक्दैन भन्ने कुरामा राज्यले ध्यान दिनुपर्ने देखिन्छ ।

पछिल्लो समय सिग्मा कलेजमा विद्यार्थीहरुको चाप बढ्दै गएको छ ? यसको मुल कारण के हो ?
सिग्मा टेक्निकल कलेज रोज्नुका धेरै कारण रहेको छ । हामी काठमाडौंमा नै २० औ वर्षको अनुभव प्राप्त गरेका छौं । १५,१६ वर्षको उमेरका विद्यार्थी जो हाम्रो कलेजमा पढ्न आउने गरेका छन् । हामी त्यो टिनेजरका रुपमा रहेका विद्यार्थीहरुको मनोविज्ञान बुझेर अघि बढ्ने मनोविज्ञान राम्रोसँग प्राप्त गरेका छौं । अर्को कुरा प्राविधिक शिक्षा सबैले दिने गरेका छन् तर,हामी प्राविधिक गुणस्तरीय शिक्षा पनि दिन्छौं । हामीले यो संस्था खोल्दाखेरी नै तीनवटा विषयलाई मुख्य प्राथमिकतामा राखेर सञ्चालन गरेका थियौ । त्यो भनेको पहिलो कुरा शैद्धान्तिक ज्ञान दिनुपर्दछ, त्यो सँगै प्राक्टिकल ज्ञान अति आवश्यक कुरा हो । तेस्रो कुरा त्यो सँगै विद्यार्थीका लागि अनुशासन अति महत्वपुर्ण कुरा कुरा हो । यि तीन विषयलाई हामीले जहिले पनि प्राथमिकतामा राखेर अघि बढेका छौं । विद्यार्थीहरुलाई अनुशासनमा राखेर दक्ष्य , योग्य र अनुभवी शिक्षक राखेर पढाउनुपर्दछ भनेर हामी अघि बढेका छौं जसका कारण विद्यार्थीको ओइरो लागेको छ ।

अन्त्यमा प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीहरुलाई के भन्न चाहानुहुन्छ ?
–यस कलेजमा अध्ययन गर्नु भएको छ वा अन्य कलेजहरुमा अध्ययन गरिरहनु भएको छ । यदि प्राविधिक पढ्न चाहानु भएको छ । त्यो मध्ये सिंह टेक्निकल कजेल देश भित्रकै ख्याति प्राप्त कलेज हो र यसमा अध्ययन गर्दा तपाईहरुले हातमा काम,गोजीमा दाम र जिन्दगी आराम हुनेछ । यसै मुलमन्त्रलाई हामीले मुख्य आधार बनाएर सिग्मा कलेज सञ्चालन गरेका छौं । आजका दिनसम्म आइपुग्दा हामीले हाम्रा बाचालाई पुरा पनि गर्दै आएका छौं । यदि तपाईले सिग्मा कलेज रोज्नुभयो भने तपाईले पनि त्यो सुविधा प्राप्त गर्ने अवसर पाउनुहुनेछ ।साभारः नुवाकोट पुकार साप्ताहिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार