असोज २१, २०८३ बुधबार October 7, 2026

कर्णालीमा थप २० जनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत । कर्णालीमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सल्यानका १३ जना, सुर्खेतका ५ जना र जुम्लामा २ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरेका छन ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४, ५ र ८ का १२ जना पुरुष, कपुरकोट गाउँपालिका-६ का एकजना पुरुष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १२ की एक महिला र दुईजना पुरुष, गुर्भाकोट नगरापलिका-१४ की एक महिला र सिम्ता गाउँपालिका ६ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

त्यस्तै जुम्लाको हिमा गाउँपालिका-४ की एक महिला र तिला गाउँपालिका-२ का एकजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा मंगलबारसम्म संक्रमितको संख्या ६७१ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार