बैसाख १९, २०८३ शनिबार May 2, 2026

नेपालमा सबैभन्दा धेरै युवालाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितहरूको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी कोरोनाको संक्रमण युवा समूहमा देखापरेको छ ।

खासगरी २१ देखि ३० वर्ष उमेर समूहका युवामा कोरोनाको अत्यधिक संक्रमण पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार २६ जेठसम्मको तथ्यांक हेर्दा कुल संक्रमतिमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवा संक्रमितको संख्या सबैभन्दा बढी छ ।

सोमबारसम्म यस उमेर समूहका १४ सय ४९ युवा संक्रमित भएका छन् । सबैभन्दा कम ८० वर्षभन्दा बढी उमेर समूहका एकजनामा मात्र कोरोना संक्रमण देखिएको छ ।

११ वर्षदेखि २० वर्ष उमेर समूहका नौ सय ६० जनामा कोरोना संक्रमण पाइएको छ । त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका आठ सय १० जना कोरोनाको संक्रमणमा आएका छन् ।

त्यसैगरी ४१ देखि ५० वर्ष उमेर समूहका तीन सय सातजना कोरोनाबाट संक्रमित भएका छन् । दश वर्षभन्दा कम उमेरका ९१ जना बालबालिकामा कोरोना संक्रमण भएको छ ।

५१ देखि ६० वर्ष उमेर समूहका एक सय आठजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा देखिन्छ ।

त्यसैगरी ६१ वर्षदेखि ७० वर्ष उमेर समूहका २७ जनामा कोरोनाले आक्रमण गरेको छ भने ७१ वर्षदेखि ८० वर्षभित्रका नौजना वृद्धवृद्धामा कोरोना संक्रमण भएको छ ।

महिलाको तुलनामा पुरुषमा बढी कोरोना संक्रमण भेटिएको छ । सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा ३५ सय ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई सय ५६ जना महिलामा कोरोना संक्रमण भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाउँमै प्राथमिक उपचार सेवा उपलब्ध
२०८३ बैसाख १९, शनिबार
गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च
२०८३ बैसाख १९, शनिबार
मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन
२०८३ बैसाख १९, शनिबार
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
२०८३ बैसाख १९, शनिबार
म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो
२०८३ बैसाख १९, शनिबार
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
२०८३ बैसाख १९, शनिबार
अतिक्रमण हटाउने अभियान तीव्र : विस्थापित राख्न पाँच शिविर
२०८३ बैसाख १९, शनिबार