मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पोल्याण्डको विपक्षी दलद्वारा गठबन्धन सम्झौतामा हस्ताक्षर, सत्ता सम्हाल्न ‘तयार’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पोल्याण्डको उदारवादी विपक्षी दलले शुक्रबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गरेको छ ।  नयाँ गठबन्धन समूहलाई सत्ता सम्हाल्ने मौका आएमा यो नै नयाँ सरकारका लागि ‘रोडम्याप’ हुने उक्त विपक्षी समूहले बताएको छ ।

“हामी वास्तवमै आशाका साथ मतदान गर्न गएका पोल्याण्डका नागरिकको इच्छा पूरा गर्न चाहन्छौँ । आगामी दिनमा हामी आफ्नो मातृभूमि र आगामी वर्षका लागि जिम्मेवारी लिन तयार छौं,” प्रधानमन्त्रीका लागि विपक्षी दलका उम्मेदवार डोनाल्ड टस्कले भन्नुभयो ।

उदारवादी नागरिक गठबन्धनका प्रमुख विपक्षी समूहका नेता टस्कले मध्यमार्गी तेस्रो मार्ग र बामपन्थी समूहका आफ्ना समकक्षीहरूसँग कुराकानी गर्नुभएको थियो ।

Poland: Opposition parties sign deal for possible coalition – DW –  11/10/2023

“जब म तपाईंहरू सबैलाई हेर्छु, तपाईंहरूले मलाई महाशक्तिहरूसँगको बदलाकोे सम्झना दिलाउनुहुन्छ,” बामपन्थी समूहका सह–प्रमुख रोबर्ट बिड्रनले ‘कमिक बुक अफ सुपरहिरोलाई सङ्केत गर्दै भन्नुभयो ।

गत महिना सम्पन्न निर्वाचनमा सत्तारुढ कन्जरभेटिभले सबैभन्दा बढी मत प्राप्त गरे पनि संसदीय बहुमतका लागि आवश्यकभन्दा कम मत प्राप्त गरेको थियो ।

‘सिभिक कोलिसन’ दोस्रो स्थानमा रहे पनि विपक्षी गठबन्धनले ४६० सदस्यीय संसद्मा २४८ सांसदसहित सबैभन्दा बढी सीट प्राप्त गरेको छ ।

गठबन्धनका नेताहरूले संयुक्त रूपमा पोल्याण्डका राष्ट्रपति आन्द्रेज डुडालाई भेटेर टस्कलाई प्रधानमन्त्रीमा मनोनीत गर्नुभएको थियो ।

यद्यपि, राष्ट्रप्रमुखले नयाँ सरकार गठनका लागि सत्तारुढ दल कानून तथा न्याय (पीआईएस) पार्टीलाई ठूलो दलको नाताले पहिलो मौका दिनुभएको छ ।

Poland's opposition leaders sign deal which lays ground for new government
डुडाले सोमबार वर्तमान प्रधानमन्त्री माटेउस्ज मोराविकीलाई उक्त अभियानको जिम्मा दिनुभएको थियो ।

कूल १९४ सिट प्राप्त गरेको पीआईएसले कसको साथ लिएर शासन गर्न सक्छ भन्ने स्पष्ट छैन किनकि पर्यवेक्षकहरूले व्यवहारिक गठबन्धन साझेदारहरूको अभावलाई औँल्याएका छन् ।

पूर्व प्रधानमन्त्री तथा युरोपियन काउन्सिलका पूर्व प्रमुख टस्कले डुडाले मोराविकीको छनोटमा ‘समयसँगै खेलेको’ आरोप लगाउनुभएको छ ।

टस्कले सोमबार यो कदमले ‘केही पनि परिवर्तन नगर्ने’ बताउनुभएको छ र उहाँ आफै पनि अन्ततः सरकार प्रमुख बन्ने सङ्केत गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार