मंसिर १६, २०८० शनिबार December 2, 2023

आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि आपतकालको घोषणा

भूकम्पले ग्रिन्डाभिक र आसपासका सडक र भवनमा क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसल्याण्डमा ज्वालामुखी विष्फोटको सम्भावना बढ्दै गएको छ । खासगरी दक्षिणपश्चिमी शहर ग्रिन्डाभिक शहर खतरामा रहेको सो क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई स्थानान्तरण गरिएको छ ।

करिब चार हजार मानिसको बसोबास रहेको ग्रिन्डाभिक शहर भित्रिने सबै सडक आकस्मिक बाहेकका लागि बन्द गरिएको छ । आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि अहिले आपतकाल घोषणा गरिएको छ ।

आइसल्याण्डको मौसम विज्ञान कार्यालय आईएमओले विस्फोटको ठूलो जोखिम रहेको बताएको छ । रेक्जेनेस प्रायद्वीपमा विस्फोटको सम्भावना बढेको छ । विष्फोट आगामी केही दिनहरूमा कुनै पनि समयमा सुरु हुन सक्ने चेतावनी दिईएको छ ।

हालैका हप्ताहरूमा ज्वालामुखी वरपर हजारौं भूकम्पहरू रेकर्ड गरिएका छन् । भूकम्पले ग्रिन्डाभिक र आसपासका सडक र भवनमा क्षति पुर्‍याएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिणपश्चिम आइसल्याण्डमा २० हजार भन्दा बढी भूकम्पहरू रेकर्ड गरिएको छ ।

ज्वालामुखी नजिकै हालैका वर्षहरूमा रेक्जेनेस प्रायद्वीपमा २०२१ मार्च, २०२२ अगस्त र २०२३ जुलाईमा तीनवटा विष्फोटहरू भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार