मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

बङ्गलादेशमा प्रभाबशाली विपक्षी दलमाथिको प्रतिबन्ध कायमै

प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) सँग मिलेर आइतबारदेखि सुरु भएको दुई दिने राष्ट्रव्यापी हड्तालमा सामेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बङ्गलादेशको सर्वोच्च अदालतले जनवरीमा हुने चुनावअघि राजनीतिक तनाव बढ्दै गएपछि देशको सबैभन्दा ठूलो इस्लामिक समूहलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाएको छ ।

सन् २०१३ मा उच्च अदालतका न्यायाधीशहरूले १७ करोड जनसङ्ख्या रहेको मुस्लिम बहुल देशको धर्मनिरपेक्ष संविधानको उल्लङ्घन गरेको ठहर गरेपछि लाखौं समर्थक रहेको प्रभाबशाली विपक्षी दल जमात–ए–इस्लामीलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो ।

जमातलाई सन् २०१४ र २०१८ को चुनावमा भाग लिनबाट पनि रोक लगाइएको थियो र त्यसैले उक्त आदेशलाई चुनौती दिन जमात–ए–इस्लामी सर्वोच्च अदालतमा गएको थियो ।

Bangladesh upholds ban on key opposition party - World - Business Recorder

प्रधान न्यायाधीश ओबैदुल हसनले एक आदेश जारी गर्दै जमात–ए–इस्लामी उक्त अपिल खारेज गर्नुभएको छ ।

“उच्च अदालतको आदेशको आधारमा आज सर्वोच्च अदालतले जमातलाई एक राजनीतिक दलको रूपमा प्रतिबन्ध लगाइएको सदर गरेको छ,” मूल याचिकाकर्ताहरूको प्रतिनिधित्व गर्ने एक वकिल अहसानुल करिमले एएफपीलाई बताउनुभयो ।

यसको अर्थ उनीहरूलाई जमात–ए–इस्लामीको झण्डामुनि रहेर भेला, सम्मेलन वा कुनै पनि राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ ।

तर जमातका वकिल तथा पार्टीका प्रवक्ता मतिउर रहमान अकान्दले भन्नुभयो, “यो आदेशले पार्टीमाथि प्रतिबन्ध नलगाउने बरु सदस्यहरूलाई दलकोे ब्यानरमा चुनाव लड्न प्रतिबन्ध लगाएको बताउनुभयो ।

“यो आदेशले जमात–ए–इस्लामीलाई नियमित राजनीतिक गतिविधि र ¥यालीमा रोक लगाएको छैन”, अकान्दले एएफपीसँग भन्नुभयो, “यो देशको निर्वाचन प्रक्रियासँग मात्र सम्बन्धित छ ।”

जमातले प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) सँग मिलेर आइतबारदेखि सुरु भएको दुई दिने राष्ट्रव्यापी हड्तालमा सामेल भएको छ ।

बङ्गलादेशको विपक्षी दल बीएनपी, जमात र दर्जनौं साना दलले प्रधानमन्त्री शेख हसिनाले जनवरी ७ मा हुने चुनावअघि सत्ता छाड्नुपर्ने र निर्वाचन गराउन तटस्थ सरकार गठनको माग गरेका छन् ।

सरकारले उक्त आह्वानलाई असंवैधानिक भन्दै अस्वीकार गरेको छ ।

हसिनाले आफ्नो १५ वर्षे शासनकालमा अभूतपूर्व आर्थिक वृद्धि हासिल गरेकी छिन् तर पश्चिमा राष्ट्रहरूले लोकतान्त्रिक प्रतिगमन र हजारौं गैरन्यायिक हत्याका बारेमा चिन्ता व्यक्त गरेका छन् ।

गत महिनाको अन्त्यतिर विपक्षीहरूले निकालेको विशाल ¥यालीमा भएको झडपमा एक प्रहरी अधिकारीको मृत्यु भएको थियो ।

त्यसपछि हसिनाले बीएनपीका अधिकांश शीर्ष नेतृत्व र यसका १० हजारभन्दा बढी समर्थकहरूलाई गिरफ्तार गरेर कारबाही सुरु गर्नुभएको थियो । जमातका अनुसार कम्तीमा दुई हजार ३०० कार्यकर्ता र नेतालाई पक्राउ गरिएको छ ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार