श्रावण १३, २०८३ बुधबार July 29, 2026

भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…

युवकको घाँटी काटेको खबर प्राप्त हुनासाथ क्षेत्रमा सनसनी मच्चियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, ८ मंशिर । झाँसीको बरुसागरको प्रसिद्ध सिद्धपीठ मानसिल माताको मन्दिरमा पूजा गर्न एक युवक पुगे अनि उनले पहिले पूजा गरे र त्यसपछि पूजा गरेपछि युवकले घाँटी अर्पण गरेर आफैलाई बलिदिने प्रयास गरे ।

युवकको घाँटी काटेको खबर प्राप्त हुनासाथ क्षेत्रमा सनसनी मच्चिएको छ । त्यसपछि युवकलाई हेर्न माता मन्दिरमा भीड जम्मा भएको थियो । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।

त्यसपछि प्रहरी चौकी इन्चार्ज प्रमेन्द्र कुमारले गम्भीर घाइते युवकलाई एम्बुलेन्सको सहयोगमा मेडिकल कलेज पठाएका थिए ।

वास्तवमा झाँसीको बरुसागरमा एक युवकले घाँटी काटेर देवी कालीमा बलि चढाउने प्रयास गरेका छन् । युवकको पहिचान नीरज रहेको प्रहरीले जनाएको छ । नीरज राईकवार भानगुवा निवासी भएको प्रहरीले जनाएको छ । घाइते युवकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

मेडिकल कलेजमा उपचार भइरहेको छ । झाँसी सहरको मानसिल माता मन्दिर र प्रहरी चौकी बरुसागरमा एक व्यक्तिले देवीलाई बलि चढाएको घटनामा घाईते युवकले देवीले आफूसँग बलि मागेको बताएका छन् । युवकको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार