श्रावण १२, २०८१ शनिबार July 27, 2024

उत्तराखण्डमा सुरुङमा फसेका ४१ कामदारको १६ दिनपछि सकुशल उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको उत्तराखण्डमा सुरुङभित्र फसेका ४१ कामदारलाई १६ दिनपछि सकुशल उद्धार गरिएको छ ।

बारम्बार असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट नयाँ सुरुङ खनेपछि अब उनीहरुलाई मंगलबार राति सकुशल बाहिर निकालिएको हो । उनीहरुलाई निकाल्न करिब ५८ मिटरको सुरुङ खनिएको थियो ।

रिपोर्टका अनुसार सुरुङमा फसेका सबै मजदुरको स्वास्थ्य अवस्था ठिक रहेको छ । विश्वकै ध्यान खिचेको यस घटनामा सबै मजदुरको सफल उद्धारपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीलाई बधाई दिदै उद्धार गरिएका मजदुरको स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन् ।

पछिल्लो १६ दिनमा सुरुङमा फसेका मजदुरलाई टेलिफोन सेवा उपलब्ध गराइएको र उनीहरुले परिवारका सदस्यहरुसँग लगातार कुराकानी गरिरहेको उत्तराखण्ड राज्यका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गत मङ्गलबार सुरुङभित्र फसेका कामदारहरूलाई पहिलो पटक जीवित देखिएको थियो । उद्धारकर्मीहरूले एउटा पातलो पाइपबको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र बिजुली पुर्याइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार