माघ ५, २०८१ शनिबार January 18, 2025

गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान

गाजा पट्टीमा मानवीय विपत्तिको बारेमा गहिरो चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कतार र साउदी अरेबियाले गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न आह्वान गरेका छन् ।

कतार–साउदी समन्वय परिषद्को संयुक्त विज्ञप्तिमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गाजा पट्टीमा मानवीय विपत्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले प्यालेस्टिनी क्षेत्रहरूमा सैन्य कारबाही रोक्न र अन्तर्राष्ट्रिय कानुन बमोजिम नागरिकहरूको सुरक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

प्यालेस्टिनीहरूको जबरजस्ती विस्थापन रोक्नको लागि इजरायलमा अन्तर्राष्ट्रिय दबाबको महत्त्वलाई पनि उनीहरुले जोड दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया