असार २१, २०८२ शनिबार July 5, 2025

गाजामा भइरहेको युद्ध रोक्न महासचिव गुटेरेसको आग्रह

अन्तर्राष्ट्रिय समुदायलाई युद्ध विरामका लागि सक्दो प्रयास गर्न अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्नका लागि अपिल गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लागू गर्दै उहाँले युद्धविरामका लागि अनुरोध गर्नु भएको हो ।

यो धारा संयुक्त राष्ट्रसङ्घको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । संयुक्त राष्ट्रसङ्घको इतिहासमा मात्र नौ पटक यो धाराको प्रयोग भएको छ । दशकौँदेखि यो धारा प्रयोगमा ल्याइएको थिएन । गाजापट्टीमा भइरहेको सङ्कटबारे सदस्य राष्ट्रहरुको ध्यानाकर्षण गराउन र युद्धविराम लागू गराउन गुटरेसले यो धारा लागू गरेका अलजजिराले जनाएको छ ।

गाजाका अस्पतालहरुलाई युद्ध मैदान बनाइएको भन्दै उहाँले त्यहाँको स्वास्थ्य प्रणाली ध्वस्त भएको बताउनु भएको छ । त्यहाँका नागरिकलाई जीवित रहनका लागि अति आवश्यक सामग्री समेत नभएको र यस्तो अवस्थामा पनि इजरायलले लगातार बमबारी गरिरहेको खबरमा उल्लेख छ ।

गुटरेसका अनुसार गाजा क्षेत्रको सार्वजनिक व्यवस्था पुरै ध्वस्त हुन सक्छ । उहाँले गाजामा भइरहेको युद्ध रोक्न अपिल गर्दै अन्तर्राष्ट्रिय समुदायलाई युद्ध विरामका लागि सक्दो प्रयास गर्न आग्रह गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घले गाजाम भइरहेको युद्ध रोक्न अपिल गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार