असोज २१, २०८३ बुधबार October 7, 2026

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । गण्डकी प्रदेशमा ३७ जना कोरोनाका विरामी थपिएका छन् । यसरी कोरोना देखिने विरामीमा ३ बर्षदेखि ६६ वर्ष उमेरका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार पर्बतका १३ जना, स्याङ्जाका २२ जना, तनहुँका १ जना र नवलपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला, स्याङ्जाका ५९ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३६ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ४ जना पुरुष, पर्वतका २१ जना पुरुष, गोरखाका १४ जना पुरुष र एक महिला तथा कास्कीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ । संक्रमितमध्ये ११ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया