वैशाख ३१, २०८१ सोमबार May 13, 2024

गोली लागेको अवस्थामा सेनाका प्यूठ मृत फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ शुक्रबार मृत फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ डम्बर विष्ट मृत फेला परेको जानकारी दिएका छन ।

घटना गएराति भएको हो । ज्ञवालीले प्रारम्भिक अनुसन्धानमा उनको आफ्नै हतियारबाट गोली लागेको देखिएको जानकारी दिएका छन ।

आत्महत्या गरेको जस्तो देखिए पनि घटनाको अनुसन्धानपछि मात्रै एकिन जानकारी आउने प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । अघिल्लो महिना स्वयम्भूमा एक प्रहरी पनि यसैगरी गोली लागेको अवस्थामा मृत फेला परेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्रीले आगामी जेठ ३ गते विश्वासको मत लिनुहुने
२०८१ वैशाख ३१, सोमबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
२०८१ वैशाख ३१, सोमबार
सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौंः मन्त्री शर्मा
२०८१ वैशाख ३१, सोमबार
स्वास्थ्यमन्त्रीमा नियुक्त प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ
२०८१ वैशाख ३१, सोमबार
प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ
२०८१ वैशाख ३१, सोमबार
जसपा नेपालले सभामुखलाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी
२०८१ वैशाख ३१, सोमबार
दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी
२०८१ वैशाख ३१, सोमबार