असोज २३, २०८३ शुक्रबार October 9, 2026

टेलिकमका सेवाग्राहीले एक महिना सम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न पाउने

एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठिमाडौंः एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिना सम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्ने भएका छन्।

नेपाल टेलिकमले आज (सोमबार) देखि लागू हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिना सम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको छ।

यो सेवा प्रयोग गर्नका लागि १९८–१ १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ। त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिने नेपाल टेलिकमले जनाएको छ।

एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ। एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८-१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

एनटी फाइबर प्रविधिका सेवाग्राहीलाई निःशुल्क डाटा सुविधा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया