असोज १, २०८३ बिहिबार September 17, 2026

थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६ पुग्यो : स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

३० जेठ, काठमाडौं । नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अर्घाखाँची मालरानी ४ का ती पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको जानकारी दिए।

यो सहित नेपालमा हालसम्म १६ जना संक्रमितको मृत्यु भएको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया