असोज २, २०८३ शुक्रबार September 18, 2026

मिचिएको भूमि फिर्ताका लागि सरकारलाई सधैं समर्थन : देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ नक्सा संविधानको अनुसूचिमा समेट्ने गरी संविधान संशोधन प्रस्तावमा सबै दलहरुले प्रदर्शन गरेको राष्ट्रिय एकताप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उनले सबै पार्टीहरुले राष्ट्रिय एकता प्रदर्शन गरेकोमा धन्यवाद दिँदै अब मिचिएको भूमि फिर्ताका लागि पनि विपक्षी दलको हैसियतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

‘सबै पार्टीहरुले राष्ट्रिय एकता प्रदर्शन गरेका छन् । यसबाट राष्ट्रिय हितका लागि, राष्ट्रको सार्वभौमसत्ता र मुलुकको अखण्डताका लागि एक छौँ भन्ने स्पष्ट भएको छ । सभामुख महोदयमार्फत म यहाँ उपस्थित सबै दलका साथिहरुलाई धन्यवाद दिन चाहन्छु।’, देउवाले भने ।

उनले लिम्यियाधुरा, कालापानी, लिपुकेलसहितको भूमि नेपालको रहेको कुरा अंग्रेजले छापेको नक्सामा पनि उल्लेख रहेको बताएका छन ।

ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि गर्ने नेपाली भूभागहरु फिर्ता ल्याउनका लागि सरकारले गर्ने कूटनीतिक पहलमा कांग्रेसले साथ दिने देउवाले बताएका छन ।

‘भोलिको दिनमा हाम्रो भूमि कुटनीतिक पहल गरी फिर्ता ल्याउने कुरामा विपक्षी दलको हैसियतले पूरा पूरा सहयोग गर्ने प्रतिवद्धता जनाउँछु’, देउवाले भने, ‘छिट्टै संविधान संशोधन पारित होस् भन्ने चाहना छ, धेरै लामो बोल्न चाहन्न धन्यवाद ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने सरकारको तयारी : मन्त्री रामजी यादव
२०८३ असोज २, शुक्रबार
संविधान जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज हो : मुख्यमन्त्री भट्ट
२०८३ असोज २, शुक्रबार
१५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
२०८३ असोज २, शुक्रबार
पुरुष सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित
२०८३ असोज २, शुक्रबार
Bhotekoshi floods: 70 injured return home after treatment
२०८३ असोज २, शुक्रबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच भेटवार्ता
२०८३ असोज २, शुक्रबार
फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
२०८३ असोज २, शुक्रबार