कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

सौगात र प्रमोदको अभिनय रहने ‘रक्तबीज’को घोषणा

फिल्ममा एलए ग्रुप युएसए र कमल खतिवडाको लगानी रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १३ पुस । अभिनेता सौगात मल्ल र प्रमोद अग्रहरी दुवैकाे पृष्ठभूमि थिएटर मात्र होइन दुवै एकै गाउँका बालसखा पनि हुन् ।

यी दुवै बालसखा फेरि एक पटक पर्दामा सँगै देखिने भएका हुन् ।  ‘प्रेम दिवस’ र  ‘नाइँ नभन्नू ल ६’निर्माण गरेका सञ्जय न्यौपानेले  निर्माण गर्न लागेको चलचित्र  ‘रक्तबीज’मा दुवैको अभिनय रहने भएको हो ।

सौगात र प्रमोदको मुख्य भुमिका रहने 'रक्तबीज' को निर्माण घोषणा « Mazzako  Online

निर्माता सञ्जय न्यौपानेले शुक्रबार टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् ।

फिल्ममा प्रदीप भारद्वाजको लेखन रहनेछ । चलचित्रलाई सौरभ लामाले छायांकन गर्नेछन् । यो फिल्ममा सौगात र प्रमोदसहित विशाल खरेल पनि देखिंदैछन् । खरेलले ‘प्रेम दिवस’बाट अभिनय र निर्माण करिअर थालेका थिए ।

फिल्ममा एलए ग्रुप युएसए र कमल खतिवडाको लगानी रहनेछ । सौगातले बलिदान र पञ्चामृतको सुटि‌गपछि यो चलचित्रको सुटि‌ग सुरु गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
म्यानपावरको विवादले प्रमुख श्रम बजार बन्द
२०८३ कार्तिक १२, बिहिबार