श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘ह्याट्रिक’ हिटको खोजीमा दयाहाङ र उपासनाको जोडी

सार्वजनिक गीतमा अडियो पक्ष औसत रहे पनि भिडियोमा दुवैको केमेस्ट्री नजरअन्दाज गर्न सकिन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जारी’ हिट भएपछि फिल्म बजारमा दयाहाङ राई र मिरुना मगरलाई लिएर फिल्म बनाउने होडबाजी छ ।

कम्तिमा पनि आधा दर्जन फिल्म दया र मिरुनालाई लिएर बन्दैछन् । तर दयाको जोडी चुपचाप उपासना सिंह ठकुरीसँग पनि जम्दै गइरहेको छ ।

दया र उपासनाले पहिलो पल्ट ‘कबड्डी ३’मा सँगै काम गरेका थिए । फिल्म हिट भएसँगै जोडी पनि रुचाइएको थियो । तर मिरुनासँग जस्तो हातहातै निर्माताले उपासनासँग जोडी बनाउने रुचि भने देखाएनन् । तर सँगै काम गरेका दुवैको अर्को फिल्म पनि हिट नै भएको थियो ।

दीपेन्द्र लामा निर्देशित ‘दुई नम्बरी’मा दया र उपासना ठ्याक्कै जोडी त थिएनन् तर पनि यो फिल्ममा दुवैको उपस्थितिले फिल्मलाई फाइदा नै पुर्याएको थियो । फलतः यो फिल्म हिट पनि भयो ।

यही क्रमलाई निरन्तरता दिँदै फेरि एक पटक दया र उपासनाको जोडी ‘हात्तीछाप’मा देखिँदैछ । शक्रबार दुवैको अभिनय रहेको पहिलो गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा अडियो पक्ष औसत रहे पनि भिडियोमा दुवैको केमेस्ट्री नजरअन्दाज गर्न सकिन्न ।

ग्रामिण परिवेशमा खिचिएको गीतमा दया र उपासनाको जोडी सुहाएको छ । यसले फिल्मको बक्स अफिस आँकडा आफ्नो ठाउँमा होला तर दर्शकमा दया र उपासनालाई पर्दामा देख्ने तृष्णा जगाउने निश्चित छ ।

यदि बक्स अफिसमा पनि फिल्मले सफलता हात पार्यो भने दया र उपासनाको सहकार्यले ह्याट्रिक पूरा गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार