श्रावण १९, २०८३ मंगलबार August 4, 2026

डंकीका निर्देशक हिरानीकाे खुलासा, ‘मुन्नाभाइ-३ बनाउने सोचमा छु, पुराना स्क्रिप्ट खाेतल्छु ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, १४ पुस । हाल राजकुमार हिरानी आफ्नो पछिल्लो रिलिज शाहरुख खान स्टारर फिल्म  ‘डंकी’ को सफलताको आनन्द लिइरहेका छन् ।

यी सबै खबरको बीचमा हिरानीले सञ्जय दत्त अभिनीत आफ्नो ब्लकबस्टर फिल्म ‘मुन्ना भाई’ फ्रेन्चाइजको सबैभन्दा प्रतिक्षित तेस्रो किस्ताको बारेमा एक रोमाञ्चक अपडेट साझा गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार राजकुमारानी हिरानीले  ‘मुन्ना भाइ एमबीबीएस’ को तेस्रो भागको सम्भावना रहेको संकेत गरेका छन् ।

डंकीका निर्देशक हिरानीको खुलासा, ‘मुन्नाभाइ-३ बनाउने सोचमा छु, पुराना स्क्रिप्ट खोतल्छु ’

‘मुन्ना भाइसँगको हाम्रो संघर्ष यो हो कि पछिल्ला दुई फिल्म यति राम्रो बनेका छन् कि मसँग अझै ५ वटा आधा लिखित स्क्रिप्टहरू छन् । म प्रायः सञ्जु (सञ्जय दत्त) सँग कुरा गर्छु, बनाउनु पर्ने पनि उनको भनाइ छ । यो ‘डंकी’को कथा अब समाप्त भयो, त्यसैले अब पुराना कथाहरूको बाकस खोल्छु। मलाई अर्को मुन्ना भाइ बनाउन मन लागेको छ  तर कहिले थाहा छैन।’

सन् २००३ मा पहिलो पटक राजकुमार हिरानीले मुन्ना भाइ (सञ्जय दत्त) र सर्किट (अरशद वारसी)को प्रतिष्ठित चरित्र कमेडी फिल्म मुन्ना भाइ एमबीबीएस मार्फत संसारलाई परिचय गराए । यो फिल्मले बक्स अफिसमा धमाका उडायो र सुपर डुपर हिट भयो । यसपछि हिरानीले सन् २००६ मा यही फिल्म  ‘लगे रहो मुन्ना भाइ’को सिक्वेल रिलिज गरेका थिए ।

यस फिल्ममा फेरि एकपटक सञ्जय दत्त र अर्शद वारसारीले गान्धी गिरीको स्पर्शले मानिसको मन छोएका छ । त्यसयता फ्यानहरु यस फिल्मको तेस्रो पार्टको प्रतिक्षामा छन् ।

यसैबीच, हिरानीको पछिल्लो रिलिज फिल्म शाहरुख खान अभिनित फिल्म ‘डन्की’को पनि निकै प्रशंसा भइरहेको छ । फिल्ममा तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, ​​अनिल ग्रोवर र विक्रम कोचरको पनि महत्वपूर्ण भूमिका छ । डिसेम्बर २१ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा ३२३ करोडभन्दा बढी कमाई गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार