भाद्र ६, २०८३ शनिबार August 22, 2026

नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन विज्ञहरुको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डब्लिन, १७ पुस । आयरल्याण्डमा भेला भएका नेपाली  वैज्ञानिक,  प्रविधि विज्ञ तथा इन्जिनियरहरुले  नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास गर्न नीतिगत तथा प्रक्रियागत सुधारहरु गर्न सुझाव दिएका छन्।

डब्लिनमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै  बेलायत, नेपाल लगायत संसारका आठओटा मुलुकहरुमा काम गरिरहेको सूचना प्रविधि (आइटी) सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशन, का प्रमुख कार्यकारी अधिकृत   अञ्जनी फुयाँलले गत केही वर्ष एता नेपाल सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास भै रहेको बताए।

उनले आफ्नो कम्पनीले नेपाल, बंगलादेश लगायत आठवटा मुलुकहरुमा काम गरिरहेको बताउंदै आफ्नो कम्पनीले नेपालमा क्लाउड कम्प्युटिंगको बारेमा जनचेतना जगाउन तथा व्यवसायीहरुले त्यसबाट कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा काम गरिरहेको बताए। सन् २०१९ देखि ‘एडब्लुएस एमव्यासडर’  तथा  एडब्लुएस उपभोक्ता समूह नेपालको अगुवाको रुपमा आफुले डिसेम्बर २०२२ मा नेपालमै पहिलो पटक ‘एडब्लुएस  कम्युनिटी डे’ आयोजना गरेको उनले स्मरण गरे। यस्ता कार्यक्रमहरुबाट नेपालमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुले एक अर्काबाट सिक्ने, सहकार्य गर्ने र विश्वव्यापी क्लाउड समुदायसंग जोडिने मौका पाएको उनले बताए।

‘ यी प्ल्याटफर्महरुले नेपाली सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुलाई साझेदारीको खोजी गर्न, आफ्नो दक्षता विकास गर्न सघाउने व्यक्तिको पहिचान गर्न र एक अर्कालाई सघाउने संजाल निर्माण गर्न मदत गरिरहेका छन्।  त्यस्तै एडब्लुएस एकेडेमीजस्ता प्रयासबाट  नेपालको सूचना प्रविधिबारे पढाउने क्षेत्रमा र कम्पनीहरुमा  रहेको ‘सीपको ग्याप ‘ कम गर्न पनि मदत पुगेको छ,’ फुयाँलले भने।

एडब्लुएस एकेडेमी संगको सहकार्यमा नेपालका शिक्षण संस्थाहरुले क्लाउड, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मशिन लर्निङ्ग जस्ता विषयहरु पढाउन थालेको र नेपालमै विश्व स्तरको स्नातकहरु उत्पादन हुन थालेको उनले बताए।  तर समस्या के भयो भने ती स्नातकहरुका लागि नेपाल मा रोजगारी सीमित छ र उनि हरुको लागि हामीले कि त विश्व बजारमा काम खोज्नु पर्छ कि  नेपालमै बसेर आइसीटी सम्बन्धी सम्बन्धी सेवा निर्यात गर्नु पर्छ,” उनले भने।

काठमाडौँ स्थित एक अनुसन्धान संस्था, आइआइडीएस, द्वारा हालै गरिएको एक अध्ययनले  नेपालको सूचना प्रविधि क्षेत्रले देशको कूल गार्हस्थ्य उत्पादनमा १.४ प्रतिशत तथा कूल वैदेशिक मुद्रा संचितिमा ५.५ प्रतिशत योगदान गरेको देखाएको छ ।  सन् २०२० मा नेपालको सूचना प्रविधि क्षेत्रले ३० करोड डलर भन्दा बढी आम्दानी गरेकोमा दुइ वर्षमै त्यस्तो आम्दानी बढेर ५१ करोड डलर नाघेको उक्त अध्ययनले अनुमान गरेको छ ।

अन्तरक्रियामा बोल्दै एनआरएनए आयरल्याण्डका अध्यक्ष प्रकाश सापकोटाले यस्ता कार्यक्रमले संसारभरि फैलिएका नेपालीहरुसंग रहेको सीप, अनुभव र पूँजी नेपालको विकासमा परिचालित गर्न सहयोग पुग्ने बताए।  त्यस्तै एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष नवराज कोइरालाले जहाँ बसे पनि नेपाली हरु आपसमा संगठित भै एक आपसमा सहयोग गर्ने गरेको बताए।

उक्त अन्तरक्रियामा सहभागी पेशागत विज्ञ, वैज्ञानिक तथा कम्प्युटर इन्जिनियरहरुले  सूचना प्रविधिको विकासका लागि वैदेशिक लगानी आकर्षण गर्न र प्रविधि हस्तान्तरणका लागि सजिलो नीति निया बनाउन आग्रह गरेका थिए।  उनीहरुले  नेपाल सस्तो श्रमिक्निर्यात गर्ने मुलुक मात्रै नभएर  अत्याधुनिक प्रविधिसंग परिचिहित दक्ष  युवाहरु रहेको मुलुक हो भन्ने समाचार प्रवाहित गर्न र  ‘डिजिटल नोमाड’ हरुलाई आकर्षित गर्न  थप कार्यक्रम ल्याउन पनि नेपाल सरकारलाई आग्रह गरेका थिए।

जेनेस सलुशनले नेपालमा सूचना प्रविधिको विकासका सम्भावना र चुनौतीहरुबारे संसारका विभिन्न शहरहरुमा यस्ता अन्तरक्रियाहरु आयोजना गर्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार