वैशाख ३१, २०८१ सोमबार May 13, 2024

सामसङ स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ नयाँ सूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामसङले नेपालमा आफ्ना विभिन्न पाँच ओटा मोडेलका स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले नेपालमा सर्वाधिक बिक्री हुने पाँच मोडेलका फोनमा दुई हजार रुपैयाँको छुट दिने भएको हो ।

आफ्ना ग्राहकहरूको नयाँ वर्ष अझ खास बनाउने योजनाका साथ सर्वाधिक बिक्री हुने सूचीमा रहेका पाँच ओटा मोबाइलको मूल्य घटाइएको कम्पनीले जनाएको छ । जसमा ग्यालेक्सी ए३४ फाइभजी, ग्यालेक्सी ए०४ एस, ग्यालेक्सी ए०४, र ग्यालेक्सी एम१४ फाइभजी रहेका छन् ।

४५ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी ए३४ फाइभजी (८ जीबी/१२८ जीबी) को नयाँ मूल्य ४३ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । त्यस्तै २१ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी ए ०४एस (४ जीबी/१२८ जीबी) १९ हजार ९९९ रुपैयाँमा र १६ हजार ९९९ रुपैयाँको ग्यालेक्सी ए०४ (४ जीबी/६४ जीबी) लाई १४ हजार ९९९ रुपैयाँ मात्रै पर्नेछ ।

यसैगरी २४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी एम१४ फाइभजी (६ जीबी/१२८ जीबी) को नयाँ मूल्य २२ हजार ९९९ रुपैयाँ र १७ हजार ९९९ पर्ने ग्यालेक्सी एम०४ (४ जीबी/१२८ जीबी) लाई १५ हजार ९९९ रुपैयाँमै खरिद गर्न सकिनेछ ।

आकर्षक फिचर र पावरफुल पर्फर्मेन्स रहेको ग्यालेक्सी ए ३४ मा कम्पनीले पाँच वर्षको सेक्युरिटी अपडेट र चार ओटा ओएस अपग्रेड दिएको छ । त्यस्तै ग्यालेक्सी ए०४, ग्यालेक्सी ए ०४एस, एम१४ र ए०४ मा पनि चार वर्षको सेक्युरिटी अपडेटका साथै दुई वर्षको ओएस अपग्रेडको सुविधा कम्पनीले उपलब्ध गराउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रसूति तथा स्त्रीरोग अस्पतालमा मंगलबारदेखि इको कार्डियोग्राफी सेवा
२०८१ वैशाख ३१, सोमबार
सरकार छोडने निर्णय गरेका छैनौंः झलनाथ खनाल
२०८१ वैशाख ३१, सोमबार
भारतमा लोकसभाको चौथो चरणको मतदान सम्पन्न
२०८१ वैशाख ३१, सोमबार
हाफ म्याराथन प्रतियोगिता : महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि
२०८१ वैशाख ३१, सोमबार
स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी
२०८१ वैशाख ३१, सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ: अध्यक्ष दाहाल
२०८१ वैशाख ३१, सोमबार
निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल
२०८१ वैशाख ३१, सोमबार