श्रावण १९, २०८३ मंगलबार August 4, 2026

देश विदेशमा अवार्ड जितेको डकुमेन्ट्री ‘नो विन्टर होलिड’ अब सिनेमा हलमा

आउँदो शुक्रबारदेखि काठमाडौँको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने दि सेफमा प्रदर्शन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ २२ पुस । राजन कठेत र सुनिर पान्डेको निर्देशनमा बनेको डकुमेन्ट्री ‘नो विन्टर होलिड’ हलमा पनि रिलिज हुने भएको छ ।

निर्देशक राजन कठेतका अनुसार यो फिल्म आउँदो शुक्रबारदेखि काठमाडौँको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने दि सेफमा प्रदर्शन हुनेछ ।

लन्डनको सेफिल्ड डकुमेन्ट्री फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको फिल्मले विश्वका प्रतिष्ठित फेस्टिभलमा सहभागिता जनाएको थियो । त्योमध्ये फिल्मले अल्टरनेटिभ फिल्म प्रोजेक्टले प्रदान गर्ने ‘नेटिभा अवार्ड’ र डोकुबाकु अवार्ड जितेको थियो। त्योबाहेक डकुमेन्ट्रीले केही समय अघि सम्पन्न मानव अधिकार चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो ।

निर्देशक राजनले अनुभवका लागि एउटा हलमा रिलिज गर्ने र त्यसको प्रतिक्रिया हेरेर बाँकी हलमा रिलिज गर्ने कि नगर्ने भन्ने योजना रहेको बताए । ‘डकुमेन्ट्री हलमा प्रदर्शन गर्ने प्रचलन नै नेपालमा छैन । भएकामा पनि दर्शकको उपस्थिति के कति हुन्छ थाहा छैन । त्यसैले पहिला एउटा हलमा रिलिज गरेर हेरौँ । त्यहाँ राम्रो भयो भने अरु हलतिर सोच्न सकिन्छ,’ राजनले भने ।

नेपाली नाम ‘ढोरपाटन’ रहेको डकुमेन्ट्रीले त्यही क्षेत्रमा जाडो कटाउन बाध्य दुई सौतेनी महिलाको कथा प्रस्तुत गर्छ । बबिन दुलालले खिचेको फिल्मले फेस्टिभलहरुमा प्रशस्त प्रशंसा पाएको थियो । राजन कठेत र सुनिर पाण्डेको संयुक्त निर्देशन रहेको ७९ मिनेटको यो डकुमेन्ट्री दर्जन बढी विदेशी फिल्म फेस्टिभलको यात्रा गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार