असोज २८, २०८३ बुधबार October 14, 2026

निर्मला हत्याका दोषीलाई साताभित्र कारबाही गर्ने गृहमन्त्रीको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कञ्जनपुरकी १३ वर्षीया बालिकाको हत्या भएको दुई महिना भन्दा बढि भैसकेपनि उनको हत्यारा पत्ता लाग्न सकेको छैन । हत्यारा पत्ता नलागेपछि सरकारलाई दवाव दिन विभिन्न संघ संगठन सक्रिय भएका छन् ।

यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कारवाही गर्न माग गरी गृहन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ ।

विद्यार्थीले बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कञ्चनपुरकीनिर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले पन्त हत्याकाण्डमा गठित छानबिन समितिको निष्कर्ष सार्वजनिक गरिने बताउनुभयो । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पन्त हत्यामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।

उनीहरूले पन्तको बलात्कार र हत्याका मूल कारक, बम दिदीबहिनी, कञ्चनपुरका प्रहरी उपरीक्षक र हत्यामा संलग्न अन्य प्रहरी अधिकारी (दसी प्रमाण मेट्ने) व्यक्तिमाथि पनि अनुसन्धान केन्द्रित गर्न माग गरेका छन् ।

ज्ञापनपत्रमा जनताको जीउधनको सुरक्षामा सिङ्गो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न पनि माग गरिएको छ । बलात्कार, तेजाब प्रहार र जघन्य अपराधमा आजीवन कारवाही गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

त्यस्तै हालै बढाइएको यातायात भाडा फिर्ता गर्नुपर्ने, कालोबजारी, महँगी र बेथितिको नियन्त्रण तथा जनजीविकाका पक्षमा परिणाममुखी कदमका लागि जनतालक्षित राहत कार्यक्रम घोषणा गर्न पनि विद्यार्थी सङ्गठनले माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
२०८३ असोज २८, बुधबार
दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु
२०८३ असोज २८, बुधबार
नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा १,७९९ मतले अगाडि
२०८३ असोज २८, बुधबार
नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते
२०८३ असोज २८, बुधबार
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
२०८३ असोज २८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ असोज २८, बुधबार