असोज २८, २०८३ बुधबार October 14, 2026

दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु

दसौँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी सुरु गरेको छ ।

राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषद्ले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढाएको हो । प्रतियोगिताका लागि स्थानीय तहदेखि प्रदेशस्तरसम्म खेलाडी छनोट गरिने छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै प्रतियोगिताका लागि आवश्यक खेलाडी छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । यसपटक राष्ट्रिय खेलकुदमा ३२ वटा खेल समावेश गरिएको छ ।

परिषद्का सदस्यसचिव श्रीधर शर्माका अनुसार राष्ट्रिय खेलकुदका लागि पालिकास्तरीय छनोट प्रतियोगितामार्फत खेलाडी छनोट गरिने छ । स्थानीयस्तरको छनोट प्रतियोगिता आगामी कात्तिक १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ ।

त्यसैगरी, जिल्लास्तरीय छनोट कात्तिक १३ देखि १५ गतेसम्म र प्रदेशस्तरीय छनोट कात्तिक १६ देखि २० गतेसम्म सम्पन्न गर्नुपर्नेछ । “स्थानीय तहमा छनोट भएका खेलाडीबाट जिल्लास्तरीय प्रतियोगितामा सहभागिता गराउने र जिल्लाबाट छनोट भएका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइनेछ । प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा टोली निर्धारण गर्ने छौँ,” सदस्य सचिव शर्माले भन्नुभयो ।

राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा निर्धारित मापदण्डअनुसार प्रक्रिया अघि बढाउन, आवश्यक तयारी गर्न तथा प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न परिषद्ले सम्बन्धित जिल्ला खेलकुद विकास समितिलाई आग्रह गरेको छ ।

परिषद्ले स्थानीय तह, जिल्ला खेलकुद विकास समिति तथा सम्बन्धित सरोकारवालाबीच समन्वय गरी निर्धारित समयभित्र छनोट कार्यक्रम सम्पन्न गर्न अनुरोध गरेको छ ।

दसौँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुँदैछ । राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको सहभागिता सुनिश्चित गर्न प्रदेशस्तरीय छनोट प्रक्रिया अघि बढाइएको परिषद्ले जनाएको छ ।

परिषद्ले खेलाडी छनोटलगायत गण्डकी प्रदेशको टोली निर्माणका लागि आवश्यक बजेटका लागि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरेको छ ।

यसअघि गण्डकी प्रदेशको पोखरामा विसं २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो । नवौँमा गण्डकी प्रदेश पहिलो हुन सफल भएको थियो ।

नवौँको समापनका अवसरमा दुई वर्षपछि कर्णालीमा १०औँ संस्करण गर्ने घोषणा गरिए पनि चार वर्षपछि बल्ल प्रतियोगिता हुन लागेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
२०८३ असोज २८, बुधबार
दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु
२०८३ असोज २८, बुधबार
नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा १,७९९ मतले अगाडि
२०८३ असोज २८, बुधबार
नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते
२०८३ असोज २८, बुधबार
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
२०८३ असोज २८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ असोज २८, बुधबार