असोज २८, २०८३ बुधबार October 14, 2026

आइसीसी क्रिकेट विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको शानदार जित

जित पछि नेपालको ३४ खेलमा २८ अंक भएको छ र लिग-२ को अंक तालिकामा छैटौं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ।

ओमानको अल अमेरात स्टेडियममा मंगलबार सम्पन्न खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको हो।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको यस खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछाएको ओमानले४० ओभरमा अल आउट हुदै केवल १५० रन मात्र बनाएको थियो।

ओमानको ब्याटिंग लाइन ध्वस्त पार्न नेपाली बलर नन्दन यादव र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ तथा करण केसी र ललित राजबंशीले एक एक विकेट लिएका थिए। त्यस्तै ओमानका लागि कप्तान विनायक शुक्लाले सर्बाधिक ७७ रन बनाएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २६३ रन बनाएको थियो।

नेपालका लागि रोहित पौडेलले सर्बाधिक ६१ रन बनाए भने अर्जुन कुमाल र करण केसीले ४०-४० रन बनाएका थिए। त्यस्तै बशीर अहमद र इशान पाण्डेले ३७-३७ तथा दिपेन्द्र सिंह ऐरीले २२ रन बनाएका थिए। त्यस्तै ओमानका बलर साह फैजल, शकील अहमद र करण सोनावालेले २-२ तथा हसनैन शाहले एक विकेट लिएका थिए।

यो जित पछि नेपालको ३४ खेलमा २८ अंक भएको छ र लिग-२ को अंक तालिकामा छैटौं स्थानमा छ। अब नेपालले अर्को खेल अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
२०८३ असोज २८, बुधबार
दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु
२०८३ असोज २८, बुधबार
नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा १,७९९ मतले अगाडि
२०८३ असोज २८, बुधबार
नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते
२०८३ असोज २८, बुधबार
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
२०८३ असोज २८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ असोज २८, बुधबार