असोज २७, २०८३ मंगलबार October 13, 2026

आइसिसी क्रिकेट लिग–२ : नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर बनायो २६३ रनको योगफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २७ असोजः आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज जारी खेलमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल बनाएको हो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको दिए । उनले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ६१ रन बनाएका हुन् ।

त्यस्तै करण केसीले १६ बलमा ४० रन बनाए भने अर्जुन कुमालले पनि समान ४० रन नै बनाए । बसिर अहमद र इशान पाण्डेले समान ३७–३७ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

बलिङतर्फ ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिए । त्यस्तै हस्नेन शाहले एक विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनीस्ट्री टर्फ–१ मा खेल भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया