असोज २२, २०८३ बिहिबार October 8, 2026

थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५७ सय ६० पुगुको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने नौ सय ७४ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार सबैभन्दा धेरै रौतहटमा ७६ जना संक्रमित थपिएका छन् । दाङका ५४ जना, सुर्खेतका ४०, दैलेखका २९, रुपन्देहीका २६, धादिङका २५, डडेल्धुराका २४, कञ्चनपुरका २०, पाल्पा र पर्सा १७/१७ जना र कैलालीका १२ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

यस्तै, बाराका ९ जना, गुल्मीका ८, सर्लाही ६, बझाङका ५, डोटी, बर्दिया र बाँकेका ३/३ जना, बर्दघाट सुस्तापूर्व, बर्दघाट सुस्तापश्चिम, प्युठान र रामेछापमा २/२ जना तथा धनुषा, सिन्धुली र रुकुमपश्चिमका १/१ जना संक्रमित थपिएका छन् ।

थप एकको मृत्यु

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण भएको जेठ १२ मा पुष्टि भएको थियो ।

एकैदिन २० हजार आरडीटी टेस्ट

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र २० हजारबढी र्‍यापिड डायग्नोटिक टेस्ट (आरडीटी) गरिएको छ । त्यसमध्ये कतिको पोजेटिभ आयो भन्ने खुलाइएको छैन ।

स्वास्थ्य मन्त्रालयको नयाँ प्रोटेकलअनुसार १४ दिन क्वारेन्टिनमा बसेकाहरूमा लक्षण नभए आरडीटी गर्ने गरिएको छ । नेगेटिभ आएकालाई घर पठाउने गरिएको छ भने पोजेटिभ आएकाहरूको पीसीआर टेस्ट गर्ने गरिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा छ हजार ५९ स्वाबको पीसीआर विधिबाट परीक्षण गरिएको छ । देशभरका क्वारेन्टिनमा अझै एक लाख ४३ हजार ६१४ जना रहेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक
२०८३ असोज २२, बिहिबार
एमाले बैठकमा वरिष्ठ नेताका रूपमा विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुँदै
२०८३ असोज २२, बिहिबार
बेनी-जोमसोम-कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
२०८३ असोज २२, बिहिबार
चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
२०८३ असोज २२, बिहिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: नयाँ कार्यसमिति चयनका लागि तीन स्थानमा मतदान
२०८३ असोज २२, बिहिबार
आज विश्व दृष्टि दिवस : अन्धोपनको दर घट्दै
२०८३ असोज २२, बिहिबार
नेपालको जलवायु कूटनीतिक पहललाई अन्तर्राष्ट्रिय समर्थन, आईपीयूमा प्रस्ताव पारित
२०८३ असोज २२, बिहिबार