असोज २२, २०८३ बिहिबार October 8, 2026

नेपालमा हालसम्म १ लाख ३३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण : स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

३२ जेठ, काठमाडौं । कोरोनाको आशंकामा गत २४ घण्टामा ६ हजार ८९ जनाको पिसिआरबाट नमुना परीक्षण भएको छ।

नेपालमा हालसम्म ३ लाख ४४ हजार ९८ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ३३ हजार ३ सय ७७ जनाको पिसिआर र २ लाख १० हजार ७ सय २१ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

आइतबार ४ सय २५ थपिएसँगै नेपालमा कुल संक्रमितको संखया ५ हजार ७ सय ६० पुगेको छ। जसमध्ये ५ हजार ३ सय २४ पुरुष र ४ सय ३६ महिला छन्। कुल संक्रमितमध्ये हालसम्म ९ सय ७४ जना उपचारपछि डिस्चार्ज भएका छन्। ६१ जना भने आइतबार मात्र डिस्चार्ज भएका हुन्। मृतकको संख्या १९ पुगेको प्रवक्ता डा गौतमले बताए।

देशभर हाल ४ हजार ७ सय ६७ जना आइसोलेसनमा र १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक
२०८३ असोज २२, बिहिबार
एमाले बैठकमा वरिष्ठ नेताका रूपमा विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुँदै
२०८३ असोज २२, बिहिबार
बेनी-जोमसोम-कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
२०८३ असोज २२, बिहिबार
चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
२०८३ असोज २२, बिहिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: नयाँ कार्यसमिति चयनका लागि तीन स्थानमा मतदान
२०८३ असोज २२, बिहिबार
आज विश्व दृष्टि दिवस : अन्धोपनको दर घट्दै
२०८३ असोज २२, बिहिबार
नेपालको जलवायु कूटनीतिक पहललाई अन्तर्राष्ट्रिय समर्थन, आईपीयूमा प्रस्ताव पारित
२०८३ असोज २२, बिहिबार