असार २३, २०८२ सोमबार July 7, 2025

चीनमा ५३ नयाँ संक्रमित भेटिएपछी प्रमुख सीफुड र तरकारी बजार बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चीनले राजधानीस्थित प्रमुख सीफुड र तरकारी बजार ‘सिनफादी बजार’लाई बन्द गर्ने घोषणा गरेको छ । चीनको सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि चिनियाँ प्रशासनको यो निर्णय लिएको हो ।

कोभिड-१९ का नयाँ विरामी भेटिएपछि चीन सरकारले अस्थायीरूपमा सिनफादी सीफुड तथा तरकारी बजार तथा नजिकमा रहेका ११ आवासीय क्षेत्र तथा नौ विद्यालयलाई लकडाउन गरेको न्यूयोर्क टाइम्सले बेइजिङस्थित चिनियाँ जनस्वास्थ्य आयोगलाई उद्धृत गरी समाचार लेखेको छ ।

विगत केही समय (महिनौ)देखि चीनले कोरोनाभाइरस नियन्त्रणमा ल्याएको बताउँदै आएको भए पनि पछिल्ला केही हप्तामा यदाकदा नयाँ सङ्क्रमित विरामीहरू भेटिन थालेका छन् ।

बेइजिङ नगर सरकारका प्रवक्ता सु हेजिआनले पत्रकार सम्मेलनमा भनेका कुरालाई उद्धृत गर्दै वासिङ्टन पोष्टले लेखेको छ, ‘हामीले हरेक व्यक्तिलाई महामारीका रूपमा विश्वभर फैलिएको स्वास्थ्य सुरक्षाका उपायलाई एक पल पनि नछोड्न सचेत बनाइरहेका छौँ । हामीले भाइरसविरूद्धको लामो लडाईंका लागि तयार हुनैपर्छ ।’

‘हामीले विदेशबाट आउने कोभिड-१९ का विरामीसँग सचेत बन्नुपर्छ । विदेशबाट चीन आउने व्यक्तिसँग भाइरस पनि आउनसक्ने हुँदा महामारी नियन्त्रण लामोसमयसम्म जटिल तथा गम्भीर स्वास्थ्य समस्याका रूपमा रहने देखिएको छ’, उनले भनेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार