भाद्र २३, २०८१ आइतबार September 8, 2024

सामसङ ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामसङले ‘एआई’ विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस २४ सिरिजको अनावरण गरेका हुन्।

ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेसको उनीहरूले सार्वजनिक गरेका हुन्। कार्यक्रममा निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस २४ साँच्चै नै भविष्यको फोन हो।

सामसङ ग्यालेक्सी एआईको साथ हामी अल्ट्रा–पर्सनालाइज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिनेछौं। हाम्रो पहिलो एआई सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्छ। आज हामी एउटा नयाँ अध्याय खोल्दैछौं, जहाँ मानवीय क्षमतालाई मुक्त गर्न कुनै बाधाबिना छैन।’

ग्यालेक्सी एस २४ सिरिजले नेटिभ कल एपभित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवाद सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। ग्यालेक्सी एस २४ सिरिज दैनिक जीवनमा कसरी सहज रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा कार्यक्रममा बताइएको थियो।

ग्यालेक्सी एस २४ अल्ट्राको नयाँ प्रोभिजुअल इन्जिनद्वारा सञ्चालित एआई उपकरणहरूको फराकिलो सुइटको साथ प्रयोगकर्ताहरूको सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बनाउने कम्पनीको दाबी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तारूढ दलका शीर्ष नेताहरुबीच समसामयिक बिषयमा छलफल
२०८१ भाद्र २३, आइतबार
प्रहरीका कानुनलाई परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन
२०८१ भाद्र २३, आइतबार
पार्टी सङ्गठन विधानअनुसार चलाउनुपर्नेमा जोड
२०८१ भाद्र २३, आइतबार
श्री एयरको काठमाडौं-पोखरा उडान अफर : एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा
२०८१ भाद्र २३, आइतबार
भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित
२०८१ भाद्र २३, आइतबार
‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’
२०८१ भाद्र २३, आइतबार
प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन मन्त्री भट्टराईको निर्देशन
२०८१ भाद्र २३, आइतबार