वैशाख ३१, २०८१ सोमबार May 13, 2024

बालविवाह आरोपमा बेहुलासहित तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखलढुङ्गा । बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो । उमेर नपुग्दै विवाह गर्ने दुहाला–दुुलही दुवै मोलुङ गाउँपालिकाका स्थानीयवासी हुन्।

पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र बेहुली पक्षबाट बालिकाका बुवा रहेका छन् । गाउँपालिकास्थित न्यायिक समितिको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन ।

शेर्पा परिवारका उनीहरुबीच यसअघि केटा र केटीले भागी विवाह गरेको र केही समयअघि मात्रै परिवारले सामाजिक परम्पराअनुसार विवाह गराएका थिए । पक्राउ परेका उनीहरुलाई बालविवाहअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ
२०८१ वैशाख ३१, सोमबार
दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी
२०८१ वैशाख ३१, सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
२०८१ वैशाख ३१, सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
२०८१ वैशाख ३१, सोमबार
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८१ वैशाख ३१, सोमबार
विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा
२०८१ वैशाख ३१, सोमबार
अनलाइनमा अवैध जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार
२०८१ वैशाख ३१, सोमबार