वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जना कर्मचारी घुससहित पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मालपोल कार्यालय डिल्लीबजारका मालपोत अधिकृत लगायत ६ जना घुस रकमसहित पक्राउ परेका छन्।

भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत कर्मचारीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।

आयोगको टंगालबाट खटिएको टोलीले मालपोत अधिकृत रघुवंश कंडेल, नासु उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई पक्राउ गरेको छ। आयोगले सेवाग्राहीबाट लिएको ८ लाख ५० हजार रुपैयाँ घुससहित एक पार्टी प्यालेसबाट पक्राउ गरेको हो।

टोखा नगरपालिका वडा नं। ९ सामाखुशी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार