असोज १०, २०८३ शनिबार September 26, 2026

डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जना कर्मचारी घुससहित पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । मालपोल कार्यालय डिल्लीबजारका मालपोत अधिकृत लगायत ६ जना घुस रकमसहित पक्राउ परेका छन्।

भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत कर्मचारीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।

आयोगको टंगालबाट खटिएको टोलीले मालपोत अधिकृत रघुवंश कंडेल, नासु उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई पक्राउ गरेको छ। आयोगले सेवाग्राहीबाट लिएको ८ लाख ५० हजार रुपैयाँ घुससहित एक पार्टी प्यालेसबाट पक्राउ गरेको हो।

टोखा नगरपालिका वडा नं। ९ सामाखुशी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया