वैशाख १२, २०८१ बुधबार April 24, 2024

काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका- १६ का २२ वर्षका पुरुषमा कोभिड-१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

त्यसैगरी काठमाडौंको कपन बालुवाखानीका ४५ वर्षका पुरुष र काठमाडौं तीनकुनेकी ३४ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको छ । तर ललितपुरका संक्रमितबारे भने केही खुलेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौं उपत्यकामा भेटिएका संक्रमितको ठेगाना नखुलेको बताएका छन ।

उपत्यकामा भेटिएका ६ जना संक्रमितमध्ये ४ जनालाई पाटन अस्पताल लगिएको छ भने १ जनालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालामा लगिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया