असार ९, २०८३ मंगलबार June 23, 2026

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दाजुभाइ पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार बेलुका बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिकाका १९ वर्षीय नवीन साउद र २० वर्षीय चन्द्र साउदलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बलात्कारको आरोपमा दुई जना पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको बताएका छन ।

उनले भने –‘बालिकामाथि जवरजस्तीकरणी भएको भन्दै जाहेरी आएको छ, दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ ।’

पक्राउ परेकाहरु दाजुभाइ हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया