बैसाख २६, २०८३ शनिबार May 9, 2026

गुगल क्रोमका प्रयोगकर्तामाथि जासुसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गुगल क्रोमका प्रयोगकर्तामाथि तीन करोड २० लाखभन्दा बढी डाउनलोड भएको एक्सटेन्सनको माध्यमबाट जासुसी भएको खुलेको छ ।

अवेक सेक्युरिटीले गुगल क्रोमका प्रयोगकर्तामाथि भइरहेको जासुसी पत्ता लगाएको हो । गुगल क्रोमले आफ्नो ब्राउजरलाई यस्तो आक्रमणबाट बचाउन नसकेको शोधकर्ताहरुले बताएका छन् ।

मेल, पेरोल र अन्य संवेदनशील कामका लागि प्रयोग गरिने ब्राउजरलाई अल्फाबेटले बचाउन नसकेको उनीहरुको भनाइ छ । गत महिना शोधकर्ताहरुले चेतावनी दिएसँगै अल्फाबेटको गुगलले आधिकारिक वेब स्टोरबाट ७० हानिकारक विज्ञापन (एड)हरु हटाएको थियो । गुगलका प्रवक्ता स्कट वेस्टओभरले वेब स्टोरमा रहेका एक्सटेक्सनहरुले आफ्नो नीति पालना नगरेको पाइएसँगै उनीहरुलाई हटाउँदै त्यस्ता एक्सटेन्सनहरुलाई आगामी दिनमा रोक्ने गरी प्रणालीमा पनि सुधार गरिएको बताएका छन् ।

गुगल क्रोममा पाइने अधिकांश फ्रि एक्सटेन्सनहरुले प्रयोगकर्तालाई फरक फरक किसिमको फिचर्स दिने गरेका छन् । यसमध्ये धेरैजसो कुनै फाइललाई एक फरम्याटबाट अर्कोमा कन्भर्ट गर्ने फंगसन रहेको पाइएको थियो ।

अहिले भएको साइबर आक्रमणमा भने एक्सटेन्सनको माध्यमबाट प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्रि र अन्य आन्तरिक सूचनाहरु चोरेको पाइएको छ । यस किसिमका सूचनाहरु राष्ट्रिय जासुसी तथा संगठित अपराधको लागि प्रयोग हुनसक्ने जानकारहरुले चेतावनी दिएका छन् ।

अहिलेसम्म यो आक्रमणमा कसको हात थियो भन्ने खुलेको छैन । एक्सटेन्सन निर्माताहरुले गुगललाई एक्सटेन्सन पठाउँदा गलत कन्ट्याक्ट सूचना दिएको अवेक सेक्युरिटीले बताएको छ ।

गुगलले भने अहिले भएको आक्रमण कसरी भयो भन्ने विषयमा कुनै जानकारी दिएको छैन । यसअघि पनि गुगल क्रोमबाट लाखौं प्रयोगकर्ताको सूचना चोरी भएको पाइएको थियो ।

स्रोत : रोयटर्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार