असार २३, २०८२ सोमबार July 7, 2025

संसारभर कोरोना अब खतरनाक अवस्थामा पुग्यो : विश्व स्वास्थ्य संगठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस संसारभर थप खतरनाक अवस्थामा पुग्ने चेतावनी दिएको छ । विभिन्न देशमा कोरोना संक्रमणको फरक फरक फेज चलिरहेको भन्दै डब्ल्युएचओले संसारभर कोरोना भाइरस संक्रमणले रफ्तार रुप लिएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानमले अहिले कोरोना संक्रमण फैलिँदो क्रममा रहेको र खतरनाक बनेको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् । आर्थिक हिसाबले आफूलाई पुरानो बाटोमा लैजान भन्दै धेरै देशले लकडाउन खोलेको भन्दै डब्ल्युएचओले छिट्टै ठूलो संख्यामा संक्रमित र मृत्यु बढ्ने चेतावनी दिएको छ ।

लकडाउनपछि एकाएक संख्या बढ्नुलाई आश्चर्यका रुपमा लिन नहुँने भन्दै डब्ल्युएचओले शुक्रबार झण्डै २ लाख जनामा कोरोना संक्रमण भएको जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । संक्रमितमध्ये अमेरिका, ब्राजिल र ल्याटिन अमेरिकाका विभिन्न देश रहेका छन् । भारतमा पनि पछिल्लो समय संक्रमण उच्च विन्दुमा पुग्न थालेको छ ।

डब्ल्युएचओले मध्यपूर्व र दक्षिण एसियामा पनि कोरोना संक्रमण बढीरहेकाले सतर्कता अप्नाउन आग्रह गरेको छ । दक्षिण एसियामा संक्रमण बढ्दै गएपछि डब्ल्युएचओले सामाजिक दूरीको पालना गर्न, मास्क लगाउन र समय समयमा हात धुनका लागि पनि सुझाव दिएको छ ।

संगठनले तीन महिना पहिले कोरोना भाइरसको विश्व व्यापी महामारी घोषणा गरेको थियो । अहिलेसम्म पनि कोरोना भाइरसको संक्रमण बढ्नेक्रम जारी छ । मार्च र अप्रिलमा संक्रमणमा कमि आएको थियो । तर संसारभर लकडाउन कमजोर पारिएसँगै संक्रमणको गति पनि ह्वात्तै बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार