श्रावण १३, २०८३ बुधबार July 29, 2026

यी हुन् विश्वमा सबैभन्दा धेरै कमाउने टपटेन भिडियो गेम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१. पोकेमोन : निन्टेन्डोलगायतका कम्पनीको स्वामित्वमा रहेको लोकप्रिय भिडियो गेम पोकेमोन सन् १९९६ मा सार्वजनिक भएको थियो । पोकेमोन अहिलेसम्मकै सबैभन्दा धेरै आम्दानी गर्न सफल भएको भिडियो गेम हो । यसको हालसम्मको कूल आम्दानी ९० अर्ब डलर रहेको छ ।

२. मारियो : निन्टेन्डो कम्पनीकै भिडियो गेम मारियो सबैभन्दा धेरै आम्दानी गर्ने कम्पनीको सूचीमा दोश्रो स्थानमा रहेको छ । यो भिडियो गेम सन् १९८१ मा सार्वजनिक भएको हो । यसको कूल आम्दानी ३० अर्ब २५ करोड डलर रहेको छ ।

३. कल अफ ड्यूटी : एक्टिभिजन कम्पनीले सन् २००३ मा ल्याएको कल अफ ड्युटी नामक भिडियो गेमले हालसम्म १७ अर्ब डलर कमाएको छ ।

४. वी : जापानी कम्पनी निन्टेन्डोले सन् २००६ मा ल्याएको अर्को लोकप्रिय भिडियो गेम हो wii । यो भिडियो गेमले हालसम्म १४ अर्ब ८० करोड डलर आम्दानी गरिसकेको छ ।

५.प्याकम्यान : बान्दाई नाम्को एन्टरटेइनमेन्टले सन् १९८० मा ल्याएको प्याक म्यान भिडियो गेमले १४ अर्ब १० करोड डलर भन्दा धेरै कमाएको छ ।

६. स्पेस इन्भेडर्स : टाइटो स्क्वाएयर एनिक्स कम्पनीले सन् १९७८ मा यो भिडियो गेम ल्याएको हो । स्पेस इन्भेडर्सले १३ अर्ब ९३ करोड डलर कमाउन सफल भयो ।

७. डुंगिओन फाइटर अनलाइन : निओपल निक्सनले सन् २००५ मा सार्वजनिक गरेको यो भिडियो गेमले हालसम्म ११ अर्ब ८० करोड डलर आम्दानी गरेको छ ।

८. स्ट्रिट फाइटर : सबैभन्दा धेरै कमाउने भिडियो गेमको आठौँ नम्बरमा पर्न सफल स्ट्रिट फाइटरलाई क्यामकोप कम्पनीले सन् १९८७ मा ल्याएको थियो । त्यसले ११ अर्ब २७ करोड डलर भन्दा धेरै कमाएको छ ।

९. फाइनल फन्टासी : स्क्वाएर एनिक्सले सन् १९८७ मा जारी ग्रेको उक्त भिडियो गेमले १० अर्ब ६५ करोड डलर भन्दा धेरै आम्दानी गरेको छ ।

१०. वार क्राप्ट : ब्लिजार्ड एन्टरटेनमेन्टले सन् १९९४ मा ल्याएको वारक्राफ्ट नाम लोकप्रिय भिडियो गेम सबैभन्दा धेरै कमाउने भिडियो गेमको टपटेन सूचीमा अटाउन सफल भएको छ । यसले १० अर्ब ६२ करोड डलर कमाएको छ ।

एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार